२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरमा कर्फ्यु हट्यो



अ+ अ-

जनकपुर, भदौ २९ । जनकपुरमा लगाइएको अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) मंगलबार (आज) बिहान साढे ९ बजेदेखि हटाइएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले चाडपर्वलाई ध्यानमा राखी अनिश्चितकालीन निषेधाज्ञा हटाइएको जानकारी दिए । मिथिला समुदायको ठूलो पर्व चौठचन्द्र र तीज पर्वलाई ध्यानमा राखी जनजीवन सामान्य पार्न कर्फ्यु हटाएको प्रशासनको भनाइ छ ।

जनकपुरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रहरीले गएको शुक्रबारदेखि कर्फ्यु लगाएको थियो । कर्फ्यु तोड्दै भएको प्रदर्शनमा ३ जनाको मृत्यु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले सरकारी कार्यालय वरपर सुरक्षाको दृष्टिले लगाइएको निषेधित क्षेत्र भने कायम रहेको बताए । रासस




भर्खरै