२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा बम विस्फोट, तीन प्रहरी घाइते



अ+ अ-

झापा, भदौ २९ । झापाको सुरुंगा प्रहरी चौकीमा मंगलबार बिहान बम विस्फोट भएको छ । विस्फोटमा परी तीन जना प्रहरी घाइते भएका छन् ।

घाइते हुनेहरुमा प्रहरी सहायक निरीक्षक देवनारायण यादव, हवल्दार भरत कार्की र प्रहरी जवान केदार पौडेल रहेका छन् ।

कन्काई नगरपालिका–३ स्थित बत्तिसा चर्चमा राखिएको बम निस्क्रिए जस्तो ठानेर प्रहरीले चौकीमा लिएर गएका थिए । प्रहरी चौकीमा लगे लगत्तै असई यादवको हातमा बम विस्फोट भएको बताइएको छ ।

घाइते मध्ये असई यादवको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको झापाकै बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ । बम भेटिएको चर्च क्षेत्रमा ‘हिन्दु मोर्चा नेपाल’ लेखिएको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।




भर्खरै