२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पपीडितलाई मंसिरसम्म यथास्थानमा बस्न आग्रह



अ+ अ-

रसुवा, २८ भदौ । भूकम्पपछि रसुवामा गाउँ छोडी अन्यत्र बसेका विस्थापित परिवारलाई मंसिरसम्म यथास्थान नछाड्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार पुनर्वासको खाका नआउनजेल मंसिरसम्म हाल बसिरहेकै स्थान नछोड्न विस्थापित सबैसँग आग्रह गरिएको हो ।

भूकम्पपछि हाकु क्षेत्रका ७५१ घर परिवार विस्थापित हुन पुगेको र ती विस्थापितहरु धुन्चे, धैबुङको कालीका स्थान र बेत्रावती जिल्लाको क्षेत्रमा टहरा बनाई अस्थायी बसोबास गरिरहेको हाकु गाविसले जनाएको छ ।

एन्टोना फाउन्डेसनले आइतबार सम्पन्न गरेको टड्कारो समस्या र राहत वितरणको प्रणाली विषयक अन्तरक्र्रियामा विस्थापित परिवारले टहरोभित्रको बसाइँ असहज भएको र वर्षायाम पनि सकिन लागेकाले परिस्थिति क्रमश सहज हुन गएका कारण आवास पुनःनिर्माण गरी आफ्नो थातथलोमा बस्न जान पाउनु पर्ने धारणा राखेका थिए ।




भर्खरै