२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन प्रवद्र्धनका लागि विदेशमा सांस्कृतिक कार्यक्रम



अ+ अ-

काठमाडौँ,  भदौ २७ । भूकम्पपछिको नेपाल सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवाह गर्ने उद्देश्यले विभिन्न मुलुकमा विशेष सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।
नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाली फेस्टिबल प्रालि र श्रुति सङ्गीत विद्यालयले दक्षिण कोरिया, जापान र थाइल्याण्डमा आगामी असोज ८ गतेदेखि १३ गतेसम्म आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा नेपाली कलाकार र ती देशका स्थानीय कलाकारको समेत प्रस्तुति रहने जनाइएको छ ।
सांस्कृतिक कार्यक्रममा नेपालबाट कलाकार सिन्धु मल्ल, नरहरि प्रेमी, सुमिना लो, सन्तोष लामा, राजा राजेन्द्र पोखरेल र सुदन ढकाललगातयले सहभागिता जनाउने छन् ।
‘सेफ नेपाल, भिजिट नेपाल’ भन्ने नाराका साथ ती देशका नागरिकमाझ नेपालको सुरक्षित पर्यटनबारे सकारात्मक सन्देश प्रवाह गरिने आयोजकले जनाएको छ ।
सो सांस्कृतिक कार्यक्रमबाट सङ्कलन गरिएको रकम नेपालका भूकम्पपीडितलाई सहयोग गरिने संयोजक रवीन्द्रपुरुष ढकालले जानकारी दिए । त्यसैगरी कोरियास्थित नेपाली राजदूतावासको संयोजनमा हुने कार्यक्रममा नेपाल र कोरियाको राष्ट्रिय झण्डा र राष्ट्रिय पोसाकका साथ प्रभातफेरी कार्यक्रमसमेत गरिने आयोजकले जनाएको छ ।