२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुदमन्त्री पौडेललाई कारबाही गर्न अख्तियारको निर्देशन



अ+ अ-

काठमाडौँ, भदौ २५ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सदस्यसचिव नियुक्ति गर्दा पदीय मर्यादा भुलेको भन्दै युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई निर्देशन दिएको छ ।

मन्त्री पौडेलले सदस्यसचिव नियुक्ति र राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा पदीय दायित्व पूरा नगरेको आयोगको ठहर छ ।

आयोगले मन्त्री पौडेलले अनुचित काम गरेकाले कारबाही हुनुपर्ने जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको अख्तियारद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्री पौडेलले राखेपको सदस्यसचिवमा केशवकुमार विष्टलाई गत असार १० गते नियुक्त गरेका थिए ।

करिब एक वर्षअघि दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा खेलाडीको आवरणमा चार व्यक्तिलाई पैसा खाएर उतै भगाएको आरोप सदस्यसचिव विष्टलाई लागेको छ ।