२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षा खतरा सामना गर्न सेना तयार : प्रधानसेनापति



अ+ अ-

काठमाडौं, भदौ २६ । । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पदभार ग्रहण गरेको भोलिपल्ट शुक्रबार देशभरका सबै युनिटलाई सम्बोधन गर्दै परिवर्तित परिस्थितिमा थपिएको सुरक्षा चुनौती सामना गर्न एकजुट भएर काम गर्न निर्देशन दिएका छन् । प्रधानसेनापतिले संविधान जारी भएपछि राजनीतिक स्थिरता आउनेसमेत अपेक्षा गरेका छन् ।

सैनिक मञ्च टुँडिखेलबाट सेनाका पृतना, बाहिनी, गण, गुल्म तथा शिक्षालयलगायत एक सय ३६ स्थानमा एकैसाथ लाइभ मल्टिकास्ट गरिएको सम्बोधनमा क्षेत्रीले बाह्य र आन्तरिक सुरक्षा वातावरण अस्थिर, अनिश्चित, जटिल र अस्पष्ट रहेको र यसका प्रभाव नेपालको राष्ट्रिय सुरक्षामा समेत परिरहेको भन्दै सेना यसको सामना गर्न तयार रहेको बताएका समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

उनले संविधानद्वारा निर्दिष्ट महत्वपूर्ण राष्ट्रिय हितविरुद्ध उत्पन्न हुनसक्ने आन्तरिक र बाह्य सुरक्षा खतरा तथा चुनौतीको प्रभावकारी ढंगले सामना गर्न सेना तयार रहेको बताएका थिए ।

प्रधानसेनापति क्षेत्रीले अहिले मुलुक जटिल चुनौतीको दोसाँधमा उभिएको र वीर पुर्खाले निर्माण गरेको मजबुद जगमा उभिएर राज्यका सबै शक्ति संयन्त्रसँग हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

आफ्नो कार्यकालमा सेनालाई पेसागत सैनिक तालिम, हातहतियार तथा उपकरणको उपलब्धता, अपरेसनल तयारी, उच्च हौसला तथा अनुशासनमार्फत अझ संगठित, सुदृढ र सबल बनाइनेसमेत क्षेत्रीले प्रतिबद्धता गरेका छन् । प्रधानसेनापतिसँग शुक्रबार रक्षासचिव ईश्वरी पौडेलले भेटवार्ता गरेका छन् ।

यसैगरी नेपालका लागि भारतीय राजदूत रणजित रेले पनि प्रधानसेनापतिलाई जंगीअड्डामा भेटेर बधाई दिएका छन् । क्षेत्री भारतीय सेनाका पनि मानार्थ प्रधानसेनापति हुन् ।