२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्या गरिएको अवस्थामा पुरुषको शव भेटियो



अ+ अ-
फाइल फोटो

महोत्तरी, भदौ २५ । महोत्तरी जिल्लाको धीरापुर गाविसमा शुक्रबार बिहान हत्या गरिएको अवस्थामा एक पुरुषको शव बरामद भएको छ ।

नाम, थर, ठेगाना खुल्न नसकेको अन्दाजी ३० वर्षीय पुरुषको हत्या गरिएको शव धीरापुर गाविस– २ स्थित खेतमा बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

ती पुरुषलाई तीन/चार दिन अगाडि कसैले हत्या गरेर वनमा रहेको धान खेतको पानीमा फालिदिएको प्रहरीले जनाएको छ ।

हत्या गरेर पानीमा फालिएको सो पुरुषको जीउ, अनुहारसहित पूरै शरीर सुन्निएकाले पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ ।

जिल्लामा आन्दोलन र निषोधाज्ञाका कारण सो शव ल्याउन वा थप अनुसन्धान गर्न प्रहरी घटनास्थल जान नसक्ने अवस्था रहेको छ । रासस