२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध मन लिएर अगाडी बढौ: खनाल



अ+ अ-

काठमाडौँ, भदौ ११। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले टीकापुर घटना निन्दनीय, बर्बर र नृशंस भएको भन्दै अहिलेको कठिन अवस्थामा बुद्ध मन लिएर अगाडि बढ्न सके मात्र शान्तिपूर्ण समाजको परिकल्पना गर्न सकिने बताउनुभएको छ ।
उहाँले मुलुकमा स्थापित लोकतान्त्रिक गणतन्त्रलाई पल्टाउन सामन्तवादी शक्ति सल्बलाएको बताउँदै यथाशीघ्र संविधान जारी गर्न सबै दल एकजुट हुनुपर्छ भन्नुभयो ।

राजतन्त्र कुनै हालतमा नफर्कने, संविधानमा महिला, मुस्लिम, थारू, श्रमिक सबैको अधिकार सुनिश्चित गर्नुपर्ने, बागलुङ र रुकुमको समस्या समाधानमा दल एकमत हुनुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री खनालले संविधान सहमतिको दस्तावेज रहेको उल्लेख गर्नुभयो ।

सभासद् प्रकाशशरण महतले टीकापुर घटना अमानवीय, क्रूर र निन्दनीय रहेको भन्दै सबै जातजातिको अलगअलग राज्य हुन नसक्ने बताउनुभयो ।

सभासद् जनार्दन शर्माले टीकापुरको घटना निन्दनीय भएको बताउँदै जनतालाई कसैको हठमा नलाग्न आग्रह गर्नुका साथ कर्णालीको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

सभासद् दिलनाथ गिरीले नेपाली जनताले अपनत्व गर्न सक्ने प्रकृतिको संविधान जारी हुनुपर्ने, सभासद् जनकराज चौधरीले दलित र महिला, मुस्लिम पिछडिएको वर्ग सबैको हित हुने संविधान जारी हुनुपर्ने र सभासद् राजेन्द्रसिंह श्रेष्ठले वंशजका हिंसाले नागरिकता पाउनुपर्ने माग गर्नुभयो । नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल जारी छ । रासस

 




भर्खरै