२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकामा डुंगा पल्टिँदा ६ जनाको मृत्यु ११ जना घाइते



अ+ अ-

कोलम्बो । पूर्वी श्रीलंकामा मङ्गलबार बिहान डुंगा पल्टिँदा चार विद्यालयका बालबालिकासहित छ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । 

प्रहरीका अनुसार किन्निया, त्रिन्कोमालीमा पल्टिएको डुंगामा धेरै विद्यालयका बालबालिका सवार थिए ।  नौसेना र गोताखोरहरू तत्काल खोजी र उद्धार कार्यमा संलग्न भएका थिए । 

प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई  बताएअनुसार  त्यस क्षेत्रमा ठूलो भीड जम्मा भएको थियो र केही स्थानीय स्वयंसेवकहरूले पनि बेपत्ता व्यक्तिहरूको खोजीमा नौसेनालाई सहयोग गरिरहेका थिए। बेपत्ताको सूचीमा केही विद्यालयका बालबालिका पनि छन् । 

घाइते ११ जनालाई नजिकैको राज्य अस्पतालमा भर्ना गरिएको छ। अत्यधिक यात्रु चापका कारण डुंगा पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी  गरेर थप अनुसन्धान गरेको छ । (रासस-सिन्ह्वा)