२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा २२ देखि २५ हजार चिकित्सकको खाँचो



अ+ अ-

पोखरा, ३ मंसिर । नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा अञ्जनीकुमार झाले हालको जनसङ्ख्या अनुसार नेपालमा २२ देखि २५ हजार चिकित्सकको खाँचोपर्ने बताएका छन् ।

नेपाल चिकित्सक सङ्घ गण्डकी शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एक करोड जनसङ्ख्या हुँदा व्यवस्था गरिएको चिकित्सकको दरबन्दी अहिले पनि यथावत रहेको बताउँदै उनले हाल एक हजार ३०० मात्रै चिकित्सक भएकाले जनतामा चिकित्सकको पहुँच पु¥याउन नसकिएको धारणा राखे ।

हाल जनसङ्ख्या तीनगुणा बढेको बताउँदै अध्यक्ष झाले एक चिकित्सकले दिनमा सातदेखि १० जना बिरामीको स्वास्थ्य परीक्षण गर्न पायो भनेमात्रै जनताले राम्रो उपचार पाउन सक्ने विचार व्यक्त गरे । देशको वर्तमान परिस्थिति एवम् स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसङ्गतिको न्यूनीकरणका लागि सङ्घको अगुवाइमा गरिएका आन्दोलनमा नेपाल सरकारसँग विभिन्न समयमा भए गरेका सम्झौता पनि पूरा हुन नसकेको कार्यक्रममा जानकारी दिइयो । सरकारी तथा निजी क्षेत्रबाट काठमाडौँलाई मात्रै केन्द्रित गरी मेडिकल कलेज खोल्ने प्रवृत्ति बढेको र यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिइएको थियो ।




भर्खरै