९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

बयानका लागि पल शाह गैंडाकोटमा



अ+ अ-

काठमाडौं । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता अभिनेता पल शाहलाई अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गैंडाकोटमा लगिएको छ । 

किशोरीले आफूलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गराएको २ सातापछि तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार प्रहरी कार्यालय गैंडाकोटमा ल्याइएको हो । 

बुधबार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ । फागुन १६ गते गैंडाकोट प्रहरीमा मुद्दा दर्ता गराएकी ती किशोरीको त्यही दिन भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको थियो ।

प्रहरीका अनुसार ती किशोरीले एउटा गीतको छायांकनको क्रममा गत चैत ७ गते गैंडाकोटको एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा दुई साताअघि किटानी जाहेरी दिएकी थिइन् ।