२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माया र सम्मानको त्यो किस शब्दमा लेख्न सक्दिन



अ+ अ-

रेखा थापा-

 

जब म सुर्खेत को ५२ परिवार बसोवास गर्ने राऊटे जाती को आँगन मा पुगेँ, तब मेरो शरीरमा एक प्रकार को ऊत्साह पैदा भयो, रेखा थापा फ़ाउन्डेशन को सुरुवात अवस्थामा जुन मेरो सोचाई र बुझाई थियो राउटे बस्ती त्यो भन्दा फरक रहेछ । उनीहरुलाई जब मैले प्रतक्ष देखें र बुझें तब मैले सुनेको भन्दा घेरै फरक पाएँ । म २१ औ शताब्दी को एऊटा बिकशित मानव र २१ औ शताब्दीकै र सुर्खेत शहरको छेऊमै रहेर पनि अबिकशित मानव जाति वीच आकाश र धर्ती वीचको जस्तै फरक लाग्ने त्यो अतुलनिय भिन्नता देख्दा मेरो मन भित्री हृदय देखिनै रोयो ।

 

फ़ाऊण्डेशन को सुरूवाती अवस्थामा राऊटे जातीको उत्थानको लागी म केही योगदान गर्छु भन्ने मनमा चाहना मात्र थियो भने हिजोवाट यो मेरो सपना संकल्प मा परिणत भएको छ। यो मेरो भाग्य मान्नुपर्छ जुन दिन म राउटे जातीको वस्तीमा छिरेकी थिएँ सोही दिन संयोगले उहाहरूको कुलपूजा गरने दिन रहेछ । पहिला त मेरो फ़ाउन्डेशन को टीम मेम्वरलाई उक्त वस्तीमा प्रवेश गर्नवाट वन्चित गरिएछ र पनि म उक्त स्थानमा पुग्नासाथ म लगायतको टीमलाई दैवीक शक्ति ले वरदान दिए झैँ लाग्ने गरि उहाँहरु को बस्तिमा सम्मान सहित छिर्ने अवसर मिल्यो। उहाँहरूको पुजा हेर्नलाई सालदेखी प्रतिछ्यारत गाउलेलाई पनि प्रवेश नदिई मलाई त्यो अबसर दिएको मा स्थानीयहरु पनि चकित भएको कुरा थाहा पाउदा म पनि छक्क परें। यो पल मेरो जीवनकै उपलब्धि भएको कुरा मैले महसुश गरेकी छु ।अझ सुखद कुरा त के भने, हरेक वर्ष मनाईने ऊहा़ंहरु को कुलपुजा भएकै दिन मेरो foundation ले प्रवेश पाउनु राम्रो हुने सुरुवातको संकेत हो भन्ने मैले ठानेकी छु ।

 

राउटे समूह को दयनिय अवस्थाको समाधान के होला भनेर बुझ्ने क्रममा अनायासै ममा के भाबना उत्पन्न भएर आयो र मैले मेरो नजिक उभिरहनु भएका राउटे दाइलाइ उहा को गालामा माया र सम्मान को किस गरें । त्यो किन गरें, म त्यो शब्द मा लेख्न सक्दिन, जो मानिससंग त्यो भाबना बुझन सक्ने मन छ, उसलाई मैले बुझाई रहनु पर्छ जस्तो मलाई लाग्दैन । अझै, मलाई उहाहरुले राउटे समूह को छोरी र सदस्य बनाएर जुन माया र सम्मान दिएकोमा म आफुलाई धेरैनै भाग्यवानी मानिस रहेछु भन्ने महसुश भएको छ । हिजो को दिन बाट मैले सुदुरपश्चिममा मेरो नयाँ परिबार पाएको छु, मेरो बा, आमा, दाजु, भाइ, दिदी, बहिनीहरु र त्यो मेरो परिवारलाई अब कसरी राम्रो गर्ने भन्ने मेरो जीबन को अति नै महत्वपूर्ण जिम्बेबारी हो र त्यो म पूर्ण रुपमा अन्तरात्माबाट पूरा गर्ने छु ।

 

 

अन्तमा रोचक कुरा त के भने, एउटा राउटे दाइले त मलाई चिन्नुहुने रहेछ भन्या ! उहा ले मेरो फिल्म सुर्खेतमा गएर हेर्नु भएको थियो रे, तर फिल्म को नाम चाही भुल्नु भएछ र पनि म त्यो पल धरै नै खुशी भएँ । म आँफु कलाकार भएको मा धेरै गर्व महसुश पनि भएर आयो किनकी मेरा लाखौ सुभचिन्तकहरु मध्ये त्यो राउटेदाई आज मेरो लागी करोडौ सुभचिन्तकहरु बराबर थिए । अन्तमा “झिम झिम सानु नझिमकाउ परेली भुतुकइ हुन्छु म” बॊल को गीत उहाहरु ले गाउनु भयो र हामी सबै परिवार संगै नाचेर फेरि चाडै भेट्ने र बाचा का साथ् आएको छु ।

 

रेखाको फेसबुक पेजबाट

 




भर्खरै