काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सर्वोच्च अदालत परिसरमा सशस्त्र प्रहरी परिचालन गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ ।
नेकपा एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले सोमबार आन्दोलनरत नेपाल बार एशोसिएशनको ज्ञापन पत्र बुझ्दै सर्वोच्च अदालत परिसरमा सशष्त्र प्रहरी परिचालन नगर्न सरकारलाई सचेत गराउनु भएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको नेपाल बार एशोसिएशनको आन्दोलनलाई लक्षित गरेर सर्वोच्च अदालत परिसरमा सशष्त्र प्रहरी समेत परिचालन गरिएको छ ।
त्यसो गर्नु दुःखद् घटनाको भएको उपनेता नेम्वाङले प्रतिक्रिया दिनु भयो । उहाँले न्यायालयबारे नेपाल बार एशोसिएसनले उठाएको मुद्धा गम्भिर भएको उल्लेख गर्दै ती समस्या समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराउन पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उहाँले सर्वोच्च अदालतले आफूहरुले दिएको रिटको समेत सुनुवाई नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो । उपनेता नेम्वाङले भन्नुभयो, ‘तपाईहरुकै मुखबाट अहिले यहाँहरु जुन प्रक्रियाबाट गुज्रनु भएको छ । यहाँहरुले दंगा प्रहरीको हस्तक्षेपको कुरा पनि उल्लेख गर्नु भएको छ । ती कुराहरु सुनेर हामीलाई दुःख लागेको छ । मलाई दुःख लागेको छ । र अहिले पनि तपाईहरुकै मुखबाट सुन्दाखेरी मलाई अति दुःख लागेको छ । दुःख व्यक्त गर्दछु । र त्यो कुरा बेठिक हो । र त्यसलाई एउटा ठिक निष्कर्षमा पु¥याउन सम्बन्धित पक्षहरु लाग्नुपर्दछ भन्ने मेरो आग्रह छ ।
बार एशोसिएशनले यो प्रश्नलाई लिएर जुन ढंगले यहाँहरुले अभियान चलाईरहनु भएको छ । आन्दोलनकै चलाई राख्नु भएको छ । यो स्थिति भरसक नभएको भए हुन्थ्यो भन्ने लाग्छ । यस्तो स्थिति नआईकन यो सम्बन्धित पक्षहरु बसेर अदालत, नेपाल बार एशोसिएशनबीच बसेर यो कुरा सल्टाएको भए साह्रै राम्रो हुन्थ्यो भन्ने कामना हो । तर यहाँहरुले त्यो भन्दा अझै बाहिर आईरहेको अवस्था मैले देखिरहेको छु । यो स्थिति ठिक होईन । जुन विषयलाई लिएर यहाँहरुले उठाईरहनु भएको छ । जुन विषयतर्फ यहाँहरुले इंगित गर्नु भएको छ । त्यस विषय भित्र म आफू नेकपा एमालेसँग सम्वद्ध एउटा इमान्दार कार्यकर्ता भएको नाताले आफूहरुलाई पनि त्यहाँनिर अभिव्यक्त भएको पाए ।
किनभने मुद्धा लिएर सर्वोच्च गएपनि न्याय पाउन नसक्ने अवस्था छ । यो स्थितिलाई यहाँहरुले उल्लेख गर्दा म आफैले बोलिरहेको जस्तो लागिरहेको छ यसबारेमा । हामीले संसदमा भएको केही घटनाक्रमको सन्दर्भमा सर्वोच्च अदालतमा रिट दर्ता गराएका थियौं । तर त्यो रिट निवेदनमा पनि समयमा न्याय पाउने भन्ने आग्रह हो । यी विविध कारणले नसकिरहेको अवस्था छ । त्यसैले यहाँहरुले उठाईरहनु भएको जुन विषय छ ।
ती विषयहरु निश्चिय नै स्वभाविक रुपमा गम्भिर छन । र यहाँहरुले जुन विषयहरु उठाउनु भएको छ । ती विषयहरुका लागि यसरी कानुन व्यवसायी साथीहरु, नेपाल बार एशोशिसन यो ढंगले सडकमा आउनुपर्ने स्थिति नभएको भए राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ । तर जे भयो । त्यो भईसकेको अवस्था छ । त्यसैले यहाँहरुले हाम्रो पार्टीको ध्यानाकर्षण गर्दै जुन ज्ञापन पत्र मलाई ल्याएर दिनु भएको छ । त्यो तपाईहरुको ज्ञापन पत्रलाई म अभिलम्ब पार्टी अध्यक्षसँग र स्थायी कमिटी समक्ष आजै बुझाएर पार्टीको ध्यानाकर्षण गराउन पहल गर्नेछु ।’
उपनेता नेम्वाङले अदालतमा देखिएको सो समस्या समाधान गर्न सम्बन्धित पक्षले बेलैमा पहल गर्न नसेकेको पनि बताउनु भयो ।












