२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् आफ्नै नाम फेर्ने कलाकारहरु



अ+ अ-

काठमाडौं, १ पुस –

नेपालका अधिकांश चर्चित कलाकारहरुले सिने क्षेत्रमा प्रवेशसगै बास्तबिक नाम परिवर्तन गर्ने गरेका छन् । कसैले कमन नाम भएको भन्दै त कसैले ज्योतिसको सल्लाह भन्दै नाम परीवर्तन गरे । पिँजडा सँगै रजतपठमा उदाएका नायक निखिल उप्रेतीको खास नाम दिनेश उप्रेती थियो । शुरुका दिनहरुमा सिने क्षेत्रमा राम्रै नाम र दाम कमाएका निखिललाई आपल्नो नाम फेरेको फाप्यो भन्ने पनि धेरै नै थिए । त्यस्तै गरी नायक बिराज भट्ट पनि चलचित्र क्षेत्रमा प्रवेश गरेपछि राखिएको नाम हो । त्यसभन्दा पहिले यीनलाई भोजराज भट्ट भनेर चिनिन्थ्यो । बिराज जस्तै नायक रमित ढुंगानाको पनि घरमा कोलाउने नाम राधेस्याम ढुंगाना हो । चलचित्र किस्मतबाट सिने नगरीमा किस्मत चम्काउन आइपुगेका नायक आर्यन सिक्देलको खास नाम हरीचन्द्र सिक्देल थियो । धादिङका स्थायी बासिन्दा गोपाल रीजाल पनि चलचित्र क्षेत्रमा आएपछि नाम परीवर्तन गरी आयुष रीजाल भए । त्यसैगरी नायक द्धोय सुरेस मरहट्टा र सरोज राणाले आफ्नो नामको पहिलो अक्षर हटाएर क्रमश रेश मरहट्टा र रोज राणा मात्र लेख्न थाले । यसरी नाम परीवर्तन गर्नेमा नायकहरु मत्र होइन नायीकाहरुको सुचि पनि लामै छ । सदावहार नायीका करीस्मा मानन्धरलाई सिने क्षेत्रमा आउनुभन्दा पहिले बुनु केसी भनेर भिनिन्थ्यो । त्यसैगरी चलचित्र इन्द्रेणी मार्फत कला क्षेत्रमा प्रवेश गरेकी सोभा केसी अहिले नन्दीता केसी नामले चर्चित छन् । चलचित्रमा नन्दीता पात्र बनेकी उनले आफेनो नाम नै त्यही पात्रबाट कपी गरीन् । कुनै जमानाकी चर्चित नायीका पुजा चन्दको बास्तबिक नाम राधिका चन्द थियो । सिने क्षेत्रमा प्रवेश गर्नुपूर्व उषा पौडेल रुकमणी, युना उप्रेती यमुना , सुमिना घिमीरेलाई मीना र जीया केसी जमुना नामले चिनिन्थे ।




भर्खरै