२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मेरी बास्सै’मा रेखा थापा



अ+ अ-

नेपाल टेलिभिजनबाट प्रसारण हुदै आएको चर्चित हाँस्यब्यंग्य टेलिश्रंखला ‘मेरी बास्सै’मा अभिनेत्री  रेखा थापालाई  बिशेष भुमिकामा देख्न पाइने भएको छ । उनी ‘मेरी बास्सै’मा गामी तीन भागसम्म आफ्नो रियल क्यारेक्टरमा प्रस्तुत हुदैछिन् ।

उनले निर्माण गरेको चलचित्र ‘काली’ यहि असोज २५ गतेबाट रिलिज हुदैछ । चलचित्र ‘काली’को प्रोमोसनको लागि रेखाले ‘मेरी बास्सै’मा खेलेकी हुन् । ‘मेरी बास्सैमा अभिनय गर्दा धेरै रमाइलो भयो’ रेखा भन्छिन् ‘कमेडीमा काम गर्न धेरै गाह्रो हुने रहेछ भन्ने कुरा मेरी बास्सै खेलेपछि थाहा पाए ।’

टेलिश्रंखलामा ‘लाउड’ एक्सप्रेसन दिनुपर्ने भएकाले चलचित्रभन्दा फरक हुने रेखाको भनाई छ । ‘पछि डबिङ गरिने भएकाले फिल्ममा सफ्ट बोल्ने र एक्टिङ गर्नुपर्ने हुन्छ त्यसैले नेचुरल लाग्छ तर सिरियलमा काम गर्दा भने अलि बढी आर्टिफिसियल पनि बन्नुपर्ने रहेछ’ थापाले मेरी बास्सै सुटिङको अनुभव सुनाइन् ।

बलिउडमा आफ्नो चलचित्र प्रोमोसनका लागि कलाकारहरु विभिन्न टेलिभिजन कार्यक्रमहरुमा सहभागी हुने गरेपनि नेपालमा छिटपुट बाहेक यस्तो शैली अपनाएको पाइदैन । यस अघि  अभिनेत्री रेजिना उप्रेतीले बरदानको प्रोमोसनको लागि र भुवन केसीले साथी म तिम्रो को प्रोमोसनको लागि  ‘मेरी बास्सै’को साहेता लिएका थिय भने अभिनेत्री थापाले भने पहिलो पटक यो शैली अपनाएकी हुन् । भर्खर मात्र कतारमा एक कार्यक्रम सकाएर नेपाल फर्किएकी थापाले आफ्नो चलचित्र ‘काली’को प्रमोशनमा तिब्रताका साथ लागेकी छन् ।