२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इराकी प्रधानमन्त्रीको हत्या प्रयासको राष्ट्रसंघद्वारा निन्दा



अ+ अ-

बगदाद । इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीको हत्या प्रयासको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । राष्ट्रसंघीय सुरक्षा परिषदले सो हत्या प्रयासको कडा शब्दमा निन्दा गरेको हो । गत आइतबार इराकी प्रधानमन्त्री कादिमीको निवासमा ड्रोन हमला भएको थियो । प्रधानमन्त्रीलाई हत्या गर्ने उद्देश्यले ड्रोन हमला गरिएको अनुमान गरिएको छ ।  

पछि इराकी सरकारले गरेको अनुसन्धानबाट उहाँको हत्याका लागि सो ड्रोन हमला भएको बुझिएको छ । बगदादको ग्रीन जोन क्षेत्रमा भएको सो आक्रमणमा प्रधानमन्त्री सुरक्षित रहनुभएको छ । इराकी सेनाले जनाएअनुसार सो आक्रमणमा प्रधानमन्त्रीका केही अंगरक्षक घाइते भएका जानकारी गराएको छ । 

राष्ट्रसंघीय सुरक्षा परिषदले प्रकाशन गरेको विज्ञप्तिमा सो कार्यको कडा शब्दमा निन्दा गरिएको छ । साथै यस कार्यमा संलग्न हुने जोकोहीलाई पनि नियन्त्रणमा लिएर कडा भन्दा कडा कारबाही गर्न भनिएको छ । 

सो विज्ञप्तिमा संयुक्त राष्ट्रसंघ जहिले पनि शान्त, सार्वभौम र प्रजातान्त्रिक इराकको पक्षमा रहेको पनि स्पष्ट गरिएको छ ।  सो आक्रमणको घटनाको जिम्मा कुनै समूहले लिएको छैन । ग्रीन जोनमा सामान्यतया सेनाले बाक्लो गस्ती गर्ने गर्छ । यसैकारणले पनि प्रधानमन्त्री कादिमी सुरक्षित रहनुभएको बताइएको थियो ।

ड्रोनमा बिस्फोटक पर्दाथ भरेर प्रधानमन्त्रीलाई निशाना बनाइएको सेनाले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीलाई ड्रोन आक्रमणमार्फत हत्या प्रयास भएको इराकी सरकारले जारी गरेको एक विज्ञप्तिमा पनि उल्लेख गरिएको छ । 

प्रधानमन्त्री अल कादिमीले आफू सुरक्षित रहेको भन्दै देशमा शान्ति कायम गर्न र सबै संयमित रहनु पनि अपिल गर्नुभएको छ । (रासस-सिन्ह्वा)