२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजको अग्रगामी रुपान्तरणका लागि सञ्चारकर्मीलाई मन्त्री कार्कीको आग्रह



अ+ अ-

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले समाजको अग्रगामी रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । 

नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिद्वारा आज मन्त्रालयमा आयोजित शुभकामना कार्यक्रममा उहाँले सत्य, तथ्य र यथार्थपरक समाचर सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको हो । 

मन्त्री कार्कीले समाचारकै भरमा कसैलाई पनि आग्रह वा पूर्वाग्रह नराखी समान व्यवहार गनुृपर्ने उल्लेख गर्दै समृद्ध प्रदेश बनाउन र आम नागरिकले उच्चतम मौलिक अधिकार उपयोग गर्ने गरी सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जनतालाई शान्ति सुरक्षाको सुनिश्चितता प्रदान गरी कसैलाई पनि अन्याय हुन नदिने बताउँदै उहाँले आफ्नो जिम्मेवारीलाई गहनपूर्वक पूरा गर्ने विश्वास दिलाउनुभयो । 

मन्त्री कार्कीले जनता र सरकारबीच पुलको काम गर्ने पत्रकारिता क्षेत्रले अझ जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । रासस