२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको इच्छाविपरीत कुनै काम गर्दैनौँ- ऊर्जामन्त्री भुसाल



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनानुसार नै विकास निर्माणका कामलाई अगाडि बढाइने विश्वास दिलाउनुभएको छ । भौतिक तथा मानवीय विकास नै प्रमुख भएको बताउँदै उहाँले त्यसका लागि सम्पूर्ण जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।

गोदावरी नगरपालिका–१२ र काठमाडौँ मेडिकल कलेजले  संयुक्तरूपमा आज आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविर शुभारम्भ गर्दै मन्त्री भुसालले भन्नुभयो, “आफूहरु जनतालाई साथमा लिएर विकास निर्माणका कार्यलाई अगाडि बढाउन प्रतिबद्ध छौँ ।” उहाँले स्वास्थ, शिक्षा एवं पूर्वाधार विकासका लागि सरकार जनताप्रति प्रतिबद्ध रहेकोे र जनताको इच्छाविपरीत कुनै काम नगर्ने जिकिर गर्नुभयो । 
 
जनताको भावनालाई पहिलो प्राथमिकतामा राखेर विकास निर्माणका काम अघि बढाउने विश्वास दिलाउँदै मन्त्री भुसालले भन्नुभयो, “सातदोबाटो–चापागाउँ सडक स्तरोन्नति गर्दा जनताको इन्छाअनुसार नै गरिएको हो ।” 

ललितपुर जिल्ला स्वास्थ्य र शिक्षामा अग्रपङ्तिमा रहेको उल्लेख उहाँले गर्दै धनीवर्गका लागि महँगा अस्पताल र गरिब जनताले निःशुल्क स्वास्थ्य सेवा पनि पाउनसक्ने अवस्था रहेको बताउनुभयो । बागमती प्रदेश सदस्य राजकाजी महर्जनले स्वास्थ्य र शिक्षासहित ललितपुरको विकासका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । गोदावरीको वडा नं १२ स्थित लिटिलस्टार स्कुल परिसरमा आयोजना गरिएको शिविरमा त्यस भेगका जनताले स्वास्थ्य परीक्षण एवं उपचार गराएका छन् ।