२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ओली प्रवृत्ति भनेको एउटा निरंकुश, एकाधिकार, प्रतिगमनकारी प्रवृत्ति हो’- प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ओली प्रवृत्तिलाई निरंकुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिनुभएको छ । 

शुक्रवार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओली प्रवृत्तिलाई निरंकुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिनुभएको हो । उहाँले ओली प्रवृत्ति नेपाल र नेपाली जनताको लागि घातक हो भन्ने कुरा स्थापित भएपछि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली बालुवाटारबाट बालकोट जानुपरेको बताउनुभयो । अध्यक्ष दाहालले ओली बालुवाटारबाट बालकोट जानुभनेको ठूलो पराजय भएको बताउनुभयो । अध्यक्ष दाहालले मातम ९शोक० छाएको नदेखाउनका लागि नै मलामी जाँदा बाजा बजाएर नाच्दै गाउँदै गएको आरोप लगाउनुभयो । उहाँले ओली प्रवृत्तिलाई मलामी जाँदा हास्ने प्रवृत्ति भएको तर्क गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘ओली प्रवृत्ति भनेको एउटा निरंकुश, एकाधिकार, प्रतिगमनकारी प्रवृत्ति हो, नेपाल राष्ट्र र नेपाली जनताको निम्ति घातक प्रवृत्ति हो भन्ने कुरा स्थापित भयो, स्थापित भएपछि ओली बालुवाटारबाट बालकोट जानुपर्ने बाध्यता आइलाग्यो, तर विचित्रको प्रवृत्ति भएको हुनाले बालुवाटारबाट बालकोट जानु भनेको बास्तवमा ठूलो पराजय हो, मातम छाएको हो, त्यो नदेखाउन, बाजा बजाएर मलामी जाँदा नाच्दै गाउँदै गए, कोही मान्छे मलामी जाँदा नाच्छ गाउँछ भने त्यो ओली हो ।’

अध्यक्ष दाहालले राजनीतिलाई स्थिरता दिनुपर्ने बेलामा ओली प्रवृत्तिले त्यो हुन नदिएको बताउनुभयो । समाज र देश विकासको लागि वाम गठबन्धन भएपनि त्योअनुसार काम हुन नसकेको बताएँदै अध्यक्ष दाहालले भन्नुभयो, ‘देशको राजनीति विशिष्ट अवस्थामा छ, मैले चितवन जिल्लाबाट निर्वाचनमा प्रतिष्पर्धा गर्दैगर्दा र पार्टीको तर्फबाट यहाँको जनतालाई सम्बोधन गर्दैगर्दा, सकारात्मक परिस्थिती थियो, संविधान बनिसकेपछि, राजनीतिक अस्थिरतालाई हटाउन, समाज र विकासको उद्देश्यकासाथ वाम गठबन्धनबाट निर्वाचन लडिएको थियो, कम्युनिष्टहरुलाई एकतावद्ध गर्ने उद्देश्य राखिएको थियो, त्यसले चितवन जिल्ला र देशभर नै सम्पूर्ण वामपन्थी र जनवादी शक्तिहरुमा जनताले एउटा ठूलो उर्जा जनताबाट प्राप्त भएको थियो ।’

अध्यक्ष दाहालले राजनीतिक अस्थिरता देशले थेग्न सक्दैन भनेर स्थिरताको प्रश्ताव गर्दा ओली प्रवृत्तिले सफल बनाउन नदिएको आरोप लगाउनुभयो ।