२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफ्रिकालाई सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह



अ+ अ-

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले अफ्रिकालाई विभिन्न क्षेत्रमा सहयोग गर्न आग्रह गरेको छ । बिहीबार संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहमदले सो कुरा बताउनुभएको हो ।उहाँले सुरक्षा परिषदमा ब्रिफिङका क्रममा अफ्रिकालाई सहयोग गर्न भन्नुभएको हो । उहाँले भन्नुभएको थियो कि अफ्रिकालाई यतिखेर खासगरी सबैभन्दा बढी सहयोग काभिड १९ का विरुद्धमा चाहिएको छ ।

अफ्रिकालाई कोभिडका विरुद्धमा खोप तथा अन्य स्वास्थ्य सामग्रीहरु सहयोग गर्न विश्वका नेताहरुमा ऐक्यबद्धता हुनुपर्ने उहाँले बताउनुभएको थियो ।साथै उहाँले यसका अतिरिक्त दिगो विकास र आर्थिक क्षेत्रमा पनि अफ्रिकालाई विश्वका देशहरुले ऐक्यबद्ध भएर सहयोग गर्नु पर्दछ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका तर्फबाट उहाँले राष्ट्रसंघीय सुरक्षा परिषदमा बोल्दै अफ्रिकालाई अहिले विशेष गरी तीन क्षेत्रमा सहयोग चाहिएको धारणा राख्नुभएको हो ।

उहाँले तत्कालका लागि अफ्रिकालाई खोप चाहिएको बताउनुभयो । उहाँले भन्नुभयो– अहिले तत्कालै अफ्रिकालाई कोभिडको खोप अति अवाश्यक छ र यसका लागि विश्वका देशहरुले खोप तथा खोप किन्नका लागि अनुदानको आवश्यकता परेको छ ।

त्यस बाहेक अफ्रिकालाई अन्य दिगो विकासका साथै आर्थिक सहयोग लगायतका क्षेत्रमा सहयोग आवश्यक परेको भन्दै यसका लागि विश्वका देशहरुको ऐक्यबद्धता आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।