काठमाण्डौ । काठमाडौको बनस्थली ढुङ्गेधारा चोक नजिकै रहेको तरकारी बजारमा आगलागी भएको छ । गएराति १२ बजे तीर लागेको आगलागीबाट त्यहाँ रहेका करिब १०० ओटा पसलहरु जलेका छन् । प्रत्यक्षदर्शी जुद्ध रानालै न्यूजपोलारसँग भन्नुभयो '१२ बजे तरकारी बजारको मध्यभागतिर आगोको लप्का देखिएको थियो । '

उक्त आगलागीबाट ७० वटा तरकारीका स्टल जलेर नष्ट भएको छ । उपत्यकाका पाँच वटा दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । बाँस र प्लास्टिक प्रयोग गरेका बनाइएको टहराहरुमा आगो फैलिएको थियो । राति बजार बन्द गरेर गएका व्ययसायीहरु कतिले आगलागीको राती नै खबर पाएका थिए भने कोही बिहान पसल खोल्न आउदा थाहा पाएका थिए ।

आगलागीको कारण खुल्न बाँकी छ । यस्तै, क्षतिको विवरण सङ्कलन भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।
















