२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा–मोदी भेट ४ वर्षपछि ग्लास्गोमा



अ+ अ-

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग अर्को साता स्कटल्यान्डको ग्लास्गो सहरमा भेटवार्ता गर्ने भएका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) का क्रममा हुने ‘साइडलाइन’ वार्तामा देउवा र मोदीबीच भेट हुन लागेको हो ।

साइडलाइन वार्ताका लागि नेपालले गरेको आग्रह भारतले बुधबार स्वीकार गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । कोप–२६ यही कात्तिक १२–२६ मा हुँदै छ । प्रधानमन्त्री देउवा भने १३ गते गएर १७ गते फर्कने छन् ।

चौथो पटक प्रधानमन्त्री भएपछि देउवाले २०७४ भदौमा भारत भ्रमण गर्दा भएको मोदीसँगको भेट नै पछिल्लो हो । पाँचौं पटक प्रधानमन्त्री भएका देउवालाई एक महिनापछि गत साउन ३ मा संसद्बाट विश्वासको मत लिएपछि मात्र मोदीले फोन गरेर बधाई दिएका थिए

कूटनीतिज्ञ एवं देउवा चौथो पटक प्रधानमन्त्री हुँदाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले दुईपक्षीय भेट महत्त्वपूर्ण हुने र यसले सहकार्य गर्न सघाउने बताए । नेपालका प्रायस् प्रधानमन्त्रीले जिम्मेवारी सम्हालेपछि पहिलो विदेश भ्रमण भारतको गर्दै आएका छन् । देउवा पाँचौंपल्ट प्रधानमन्त्री भएपछिको पहिलो विदेश भ्रमण स्कटल्यान्डको हुन लागेको हो । पुष्पकमल दाहालले १३ वर्षअघि पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो विदेश भ्रमण चीनको गरेका थिए ।

दाहाल त्यति बेला ओलम्पिक समापन समारोहमा सहभागी हुन बेइजिङ गएका थिए । भारतले नेपालमा नयाँ प्रधानमन्त्री बन्नासाथ राजकीय भ्रमणको निम्तो दिने गरेकामा दुई दशकयता झलनाथ खनाल र सुशील कोइरालाले मात्र त्यस्तो निमन्त्रणा पाएका थिएनन् । छुट्टै राजकीय भ्रमण नगरे पनि कोइराला भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहका लागि भने भारत गएका थिए । देउवाले ग्लास्गोमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग भेट्ने कार्यक्रम छ । उनले मोदी र जोन्सनसँग कात्तिक १५ वा १६ गते भेट्ने जनाइएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।