२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलिया भट्ट र रणवीर कपुर डिसेम्बरमा विवाह गर्दै, विक्की र कट्रिना पनि बिहेको तयारीमा



अ+ अ-

एजेन्सी । आलिया भट्ट र रणवीर कपुर लामो समयदेखि हेडलाइन्सको हिस्सा बनेका छन् । रिपोर्टलाई विश्वास गर्ने हो भने, यी दुवैले यसै वर्ष विवाह गर्ने भएका छन् । फ्यानहरु आलिया र रणवीरको विवाहको प्रतिक्षामा छन् । दुवैले गत वर्ष विवाह गर्ने तयारीमा थिए तर कोरोना महामारीका कारण हुन सकेनन् । अब दुवैले डिसेम्बरमा विवाह गर्दैछन् ।

रिपोर्टका अनुसार आलिया र रणवीर लामो प्रतिक्षापछि यही वर्षको डिसेम्बरमा विवाह गर्दैछन् । रिपोर्टका अनुसार आलिया र रणवीरले इटालीमा विवाह गर्न लागेका छन् जसमा परिवारका सदस्य र केही विशेष साथीहरु पनि सहभागी हुनेछन् ।

एनिमलको सुटिङ स्थगित
ब्रह्मास्त्र पछि रणवीर कपुर आफ्नो आगामी फिल्म एनिमलको सुटिङ सुरु गर्ने तयारीमा थिए । तर अब रिपोर्टका अनुसार रणवीरले डिसेम्बरमा विवाह गर्ने भएकाले एनिमलको कार्यक्रम जनवरी २०२२ सम्म स्थगित गरेका छन् । यस फिल्ममा रणवीरसँगै परिणीति चोपडा, अनिल कपुर, बबी देओल महत्वपूर्ण भूमिकामा देखिनेछन् । अर्कोतर्फ आलिया भट्टको कुरा गर्दा उनले नोभेम्बरदेखि कुनै नयाँ काम सुरु गर्ने छैनन् । मंसिरपछि सिधै नयाँ वर्षदेखि काम थाल्ने छिन् ।

विक्की र कट्रिनाले पनि बिहे गर्दै


रिपोर्टहरू विश्वास गर्ने हो भने, आलिया र रणवीर मात्र होइन, विक्की कौशल र कट्रिना कैफ पनि डिसेम्बरमा विवाह गर्न लागेका छन्। ईटाइम्स रिपोर्टका अनुसार, दुवैको अगस्ट १८ मा रोकिएको थियो र अब दुबैले आफ्नो सम्बन्धलाई अर्को स्तरमा लैजाने निर्णय गरिरहेका छन्।

तर, रोकाको खबर बाहिर आएपछि कट्रिनाको टिमले यसलाई अफवाह भनेका थिए । यसैबीच, विक्कीले पनि हालै रोकाको खबरमा मौनता तोडेका छन् । ईटाइम्सको रिपोर्ट अनुसार विक्की र कट्रिनाले विवाहको तयारी सुरु गरिसकेका छन् । उनको विवाहको पोशाक सब्यसाँचीले डिजाइन गरेका हुन् । उनी अहिले विवाहका लागि कपडा छनोट गरिरहेका छन् । कट्रिनाले आफ्नो विवाहमा सिल्कको लेहेंगा लगाउने भएकी छिन् ।