२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकमा झन्डै रू. ४ अर्बको क्षति



अ+ अ-

काठमाडौँ । यो वर्षको वर्षायामदेखि कात्तिकको बेमौसमी पानी पर्दासम्म मुलुकभरका सडक तथा पुलहरू भत्किँदा झन्डै रू। ४ अर्ब बराबरको क्षति पुगेको छ । जेठ मसान्तदेखि परेको पानी र कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण मुलुकभरका सडक तथा पुलहरूमा उक्त रकम बराबरको क्षति पुगेको हो ।

कात्तिकमा परेको अविरल वर्षाका कारण रू। १ अर्ब ५ करोड बराबरको क्षति भएको छ । क्षतिको विवरण थप आउँदै गरेको हुँदा यो रकम पनि बढ्ने सडक विभागको आकलन छ ।

विभागका प्रवक्ता शिवप्रसाद नेपालले क्षतिको विवरण प्राप्त भए पनि अझै केही स्थानहरूबाट थप क्षति भएको विवरण आइरहेको हुँदा यो रकम बढ्न सक्ने बताए । यसअघि जेठ मसान्तदेखि परेको झरीका कारण सडक पूर्वाधारहरूमा रु। २ अर्ब ४० करोडसम्मको क्षति भएको थियो । यस समयमा १०० भन्दा बढी सडकहरू र २६ ओटा पुलहरूमा क्षति पुगेकोे थियो ।

थप क्षतिको विवरण आउने क्रममा रहेकाले क्षति बढ्ने प्रारम्भिक आकलन गरिएको उनको भनाइ छ । ‘यो वर्ष क्षति रू। ४ अर्ब नजिक पुग्ने देखिएको छ,’ उनले भने, ‘पश्चिम नेपालका बझाङलगायतका क्षेत्रहरूमा टोली पुग्नै सकेको छैन, यसले गर्दा पनि पूर्ण विवरण आइपुग्दासम्म कुल क्षति बढ्ने देखिन्छ ।’ यस वर्ष ८० वर्षपछि कात्तिक महीनामा धेरै पानी परेको मौसम विभागले बताउँदै आएको छ ।, यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।