२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

समय अगावै सयपत्री फुल्दा फूल किसान मर्कामा



अ+ अ-

काठमाडौं । समयभन्दा अघि सयपत्री फूल फक्रिएपछि तनहुँका कृषकहरु मर्कामा परेका छन् । तिहारका लागि लक्षित गर्दै लगाइएको फूल दशैँदेखि नै फक्रिन थालेपछि हाल फूल ओइलाउन थालेका छन् ।

तिहारमा विक्री गर्न लगाइएका फूल तिहारअघि नै ओइलाउन थालेपछि कृषक चिन्तित बनेका छन्। आवश्यकताभन्दा बढी बर्षा र चिसो हुनुपर्ने मौसममा गर्मी कायमै रहेपछि फूल फक्रिएको कृषकले जानकारी गराएका छन् ।

व्यावसायिक रुपमा फूलखेती गर्दै आउनुभएका भिमाद नगरपालिका– ८ अरौदीका गोविन्द अधिकारीले तिहारमा फुल्नुपर्ने फूल दशैँअघि फूलेपछि समस्या भएको बताउनुभयो ।

गतवर्ष परीक्षणका लागि थोरै जमिनमा सयपत्री फूल लगाए पनि अपेक्षाभन्दा राम्रो आम्दानी भएपछि यसवर्ष झण्डै पाँच रोपनी क्षेत्रफलमा कृषक अधिकारीले फूलखेती गरेको बताउनुभयो । खेतमा ढकमक्क फूल फुले पनि तिहारअघि ओइलाउन लाग्दा चिन्तामा पर्नुभएको हो ।

सयपत्री फूल विक्रीबाट राम्रो आम्दानी हुने भएपछि पछिल्ला बर्षमा कृषकहरु आकर्षित भएका छन् । कृषि ज्ञान केन्द्र तनहुँले जिल्लामा फूलखेती गर्नेहरुका लागि कुनै राहतका कार्यक्रम नभएको जनाएको छ ।

जिल्लामा व्यावसायिक फूलखेती गर्नेहरुको तथ्याङ्क नै नहुँदा फूलखेती गर्ने किसानलाई लाभान्वित गर्ने कार्यक्रमहरु नभएको कृषि प्रसार अधिकृत राजेश्वर सिलवाल बताएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।