९ असार २०८३, मंगलवार
,
Latest
महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रत्यायोजित व्यवस्थापन समितिका सभापतिसहित छ को बिदाइ



अ+ अ-

काठमाडौं । राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारी र पाँच  सदस्य आफ्नो चार वर्षे कार्यकाल पूरागरी बिदाइ हुनुभएको छ । समिति सचिवालयले आजको बैठकपछि उहाँहरूलाई सम्मानपत्र प्रदान गरी दोसल्ला ओढाएर बिदाइ गरेको हो । 

चार वर्षे कार्यकाल पूरा गर्नेमा शान्ति अधिकारी, शेरबहादुर कुँवर, अगमप्रसाद वान्तवा, नैनकला ओझा र राधेश्याम अधिकारी हुनुहुन्छ । यसअघि बैठकमा उहाँहरूले प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन कार्यान्वयनका सन्दर्भमा समितिको प्रयास गौरव गर्न लायक रहेको दाबी गर्नुभयो । 

प्रत्यायोजित विधायन अर्थात सहायक कानून निर्माणका सन्दर्भमा अपनाउनुपर्ने सजगता तथा त्यस्ता कानून कार्यान्वयन गर्न पूर्व अनिवार्यरूपमा संसद्लाई जानकारी गराउन पर्नेसहितको प्रावधान राखेर ऐनको मस्यौंदालाई अन्तिमरूप दिन सफल भएको विषयलाई उहाँहरूले उपलब्धिकारूपमा लिएको बताउनुभयो ।