२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोनाभाइरसबाट थप छ हजार सङ्क्रमित



अ+ अ-

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप छ हजार सङ्क्रमित भएका छन् ।पछिल्लो केही समयदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या निरन्तर ओरालो लागिरहेकाले शुक्रबारको विवरण पनि अघिल्लो दिनको तुलनामा कम देखिएको छ ।
 
सरकारी अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा छ हजार ३९६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सोही अवधिमा १३ हजार ४५० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले ६९ हजार ८९७ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेको जनाएको छ ।

पछिल्लो एक दिनमा कोरोनाका कारण २०१ जनाको मृत्यु भएको छ भने अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या पाँच लाख १४ हजार ५८९ पुगेको छ । (रासस/एएनआई)




भर्खरै