२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा प्रशासनको सहयोगमा धुलोमाथि पिच



अ+ अ-

काठमाडौं । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–३ गङ्गापुर गाउँमा धुलौटे माटोमाथि कालोपत्रे गरिएको छ । कालोपत्रे गर्ने जिम्मा लिएका ठेकेदारले स्थानीय उपभोक्ता समितिका अध्यक्षसँग मिलेमतो गरी धुलौटे माटोमा कालोपत्रे गरेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । ठेकेदार रमेशलाल यादवले धुलौटे माटोमै कालोपत्रे गर्न लागेको थाहा पाएपछि स्थानीय बासिन्दा विरोधमा उत्रिएका थिए ।

स्थानीय बासिन्दा र ठेकेदारबीच भएको विवादका कारण केही दिन काम रोकिएको पनि थियो । तर बुधबारसम्म कालोपत्रे नभएको सो बाटो बिहीबार बिहान उठ्दा कालोपत्रे भइसकेको देख्दा स्थानीय बासिन्दा छक्क परे । “काम रोकिएपछि अब मापदण्डअनुसार नै घरछेउको बाटो कालोपत्रे हुन्छ भन्ने होला भन्ने आश गरेका थियौँ तर रातारात कालोपत्रे भएको देख्दा हामी त आश्चर्यचकित भयौँ”, एक बासिन्दाले भने ।

ठेकेदारको बदमासीबारे स्थानीय प्रशासनलाई जानकारी गराएर ढुक्क भएका स्थानीय बासिन्दा उपभोक्ता समितिका अध्यक्ष र स्थानीय प्रशासनकै सहयोगमा गुणस्तरहिन कालोपत्रे हुँदा क्रुद्ध बनेका छन् । एक स्थानीयवासीले न्युजपोलारसँग भने, “रु २५ लाख बजेटमा एक किलोमिटरजति बाटो कालोपत्रे गर्नु पर्ने हो तर त्यही पनि धुलौटे माटोमा अलकत्रा छरेपछि हामी आक्रोशित भएका छौँ, ठेकेदार यादवले उपभोक्ता समितिका अध्यक्ष विश्वजीत यादव र स्थानीय प्रशासनको मिलेमतोमा यस्तो बदमासी गरेका हुन्, यसमा भ्रष्टाचार भएको आशङ्का जन्मिएको छ ।”

उनका अनुसार मापदण्डअनुसार काम हुन्छ भन्ने अनुमानविपरीत स्थानीय बासिन्दाले समेत थाहा नपाउने गरी रातारात धुलौटे माटोमा कालोपत्रे गरिनुले त्यहाँ भ्रष्टाचार पक्कै भएको हुनुपर्छ । उनले भने, “कि राम्रोसँग बाटो बनाउ नत्र नबनाउ भनेर रोक्यौँ तर झारा टार्ने काम मात्र भयो ।”




भर्खरै