२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीमा म्यादी प्रहरीमा आवेदन दिनेको भीड



अ+ अ-

सुनसरी । सुनसरीमा स्थानीय तह निर्वाचन लक्षित गरी भर्ना खुलाइएको म्यादी प्रहरीमा आवेदन दिनेको भीड लागेको छ ।

कार्यालय समय अगावै जिल्ला प्रहरी कार्यालयमा पुगेर आवेदन बुझाउने मात्रै नभई फारम लिन लाइनमा बस्नेको भीड समेत उत्तिकै बाक्लो छ । युवा, युवतीका साथै ४० नाघेका ठूलो समूह २ महिने सरकारी जागिरमा झुम्मिएका छन । एकाविहानै लाइनमा पालो पर्खने अधिकांशको चाहना खर्च जुटाउनु नै छ । बेरोजगारी समस्याका कारण म्यादी प्रहरीका लागि पनि आवेदन दिन बाध्य हुनु परेको अधिकांशको भनाई छ । उनीहरु भन्छन “सरकारले स्वदेशमै रोजगारी दिलाउन सकेन्, खाली बस्नुको साटो थोरै भएपनि घर घर्च जुट्छ । त्यही भएर म्यादी खान आएको ।”

युवा मात्र नभई अधवैशे उमेर समूहका व्यक्तिहरु समेत म्यादी बन्ने इच्छा बोकेर घण्टौं लाइनमा छन । उनीहरु समेत घरपरिवारको गर्जो टार्न २ महिने सरकारी जागिर खान आएको बताउँछन ।

म्यादी प्रहरीका लागि साधारण लेखपढ मात्रै पुग्ने भएपनि आवेदन दिने शिक्षित बेरोजगारको संख्या समेत ठूलो छ । उनीहरुको भनाईमा सरकारी बेवास्ता र रोजगारीको पर्याप्तता नहुनु देशकै लागि विडम्बना हो । पढे लेखेर नि विदेशिनु बाहेक विकल्प छैन । म्यादी प्रहरीमा आउनु रहर नभई बाध्यता हो । शैक्षिक प्रमाणपत्र अनिवार्य नभएकाले आवेदन दिने शिक्षित बेरोजगारको संख्या यकिन हुन नसकेपनि म्यादी प्रहरीमा आवेदन दिनको भीडले बेरोजगार समस्या समाधान गर्न नसकेको सरकारलाई गिज्याई रहेको स्पष्ट देखिन्छ ।




भर्खरै