२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पताल सुधारका लागि पहल गर्छु: मन्त्री कार्की



अ+ अ-

इनरुवा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इनरुवास्थित सुनसरी जिल्ला अस्पताल सुधारका लागि आफूले सहयोग र पहलसमेत गर्ने बताउनुभएको छ ।

आज बिहान अस्पताल अनुगमनपछि रासससँगको कुराकानीमा उहाँले अब भाषण मात्र गरेर नहुने र त्यसलाई व्यवहारमै उतार्ने गरी काम गर्ने पनि जानकारी दिनुभयोे ।

सबैभन्दा पुरानो अस्पतालका रुपमा जिल्ला अस्पताल भए पनि विकासका कारण पछि परेकाले अब यसलाई परिणाममुखी बनाउन आफूले सक्दो सहयोग गर्ने मन्त्री कार्कीको भनाइ थियो ।

कोरोना महामारीका बेलामा अस्पतालमा भएका जनशक्तिले महामारी नियन्त्रण गर्न र कोरोनाबाट सङ्क्रमित भएका बिरामीको उपचार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकामा उहाँले आभार व्यक्त गर्नुभयो ।
गुणस्तरीय स्वास्थ्य सेवा दिनु सबैको साझा कर्तव्य भएको उल्लेख गर्दै मन्त्री कार्कीले अस्पतालको विस्तार र यसलाई गुणस्तरीय बनाएर यो क्षेत्रको एउटा अग्रणी अस्पतालको रुपमा स्थापित गर्नका लागि सबै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा मन्त्री कार्कीले उक्त अस्पतालको आइसियु तथा कोरोना उपचार सामग्री खरिद गर्नका लागि रु एक करोड ५० लाख सहयोग गर्नुभएको मेडिकल सुपरिटेन्डेन्ट डा देवराज घिमिरेले बताउनुभयो ।

कार्यक्रममा पूर्वराज्यमन्त्री तथा सङ्घीय सांसद सीताराम मेहता, प्रदेश सांसद ज्योति सुब्बा, अस्पताल विकास समितिका अध्यक्ष गोपाल राजभण्डारी, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीलगायतको सहभागिता थियो । रासस