२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी विकासको आधार धार्मिक तथा पर्यटकीय स्थल हुन्ः मुख्यमन्त्री पोखरेल



अ+ अ-

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशका धार्मिक तथा पर्यटकीय स्थल विकासको आधार रहेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको कैलाश सन्न्यास आश्रमको अधिवेशन आज उद्घाटन गर्दै उहाँले यहाँको धार्मिक क्षेत्रलाई जोडेर पर्यटकीय स्थल बनाउन सकिने बताउनुभयो ।

प्रदेशको उत्तरमा मुक्तिनाथदेखि दक्षिणमा गजेन्द्र मोक्षधाम र यसबीचमा रहेका कैलाश सन्न्यास आश्रम, देवघाट, दाउन्नेदेवी, मौलाकालिका मन्दिर, मनकामना, गलेश्वर आश्रमलगायत हरेक धार्मिक तथा पर्यटकीय स्थल गण्डकी प्रदेशको सम्भावना रहेको उहाँले उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले कैलाश सन्न्यास आश्रमको स्तरोन्नतीका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारसमेतले काम गरिरहेको सन्दर्भमा अब बजेट बनाउँदा प्रदेशबाट रकम विनियोजन गर्ने आश्वासन दिनुभयो । सो आश्रममा १५औँ शताब्दीको पुरातात्विक वस्तु भेटिएकाले त्यसको संरक्षण गर्दै यस क्षेत्रको प्रचारप्रसार गर्नुपर्नेमा उहाँको जोड थियो ।

संविधानसभा सदस्य कृष्ण पौडेलले ऐतिहासिक महत्व बोकेको यस धार्मिक स्थलको अक्षयकोषका लागि रु ५० हजार सहयोग गर्ने घोषणा गर्नुभयो । कैलाश सन्न्यास आश्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज घिमिरेले विसं २०७२ देखि पुरातत्व विभागबाट अनुगमन तथा उत्खनन गरी २०६७ मा शिखरशैलीको कलात्मक शिव मन्दिर निर्माणकार्य तीव्रगतिमा अघि बढाइएको जानकारी दिनुभयो । उहाँले हाल मन्दिरको निर्माण ७५ प्रतिशत सम्पन्न भएको बताउनुभयो ।

आश्रमको प्रगति प्रतिवेदन, गुरुयोजना प्रस्तुत गर्दै कैलाश सन्न्यास आश्रम मन्दिर व्यवस्थापन समितिका सचिव नेत्र रिजालले पाँच विघाह क्षेत्रफलको गुरुयोजना बनाउने, स्नानघाट, किरियापुत्री भवन, अतिथि गृह, मन्दिर रङरोगनलगायतका काम गर्नुपर्ने बताउनुभयो । उहाँले आश्रमभित्र ३५ फुट अग्लो शिव भगवानको मूर्ति बनाउन आवश्यक रहेको बताउनुभयो ।

सेनकालीन इतिहाससँग जोडिएको गैँडाकोटस्थित आश्रमको संरक्षण, सम्वद्र्धन तथा प्रबद्र्धनका लागि पुरातत्व विभागले जीर्ण अवस्थामा रहेको मन्दिर परिसरमा उत्खनन गरेको छ । पन्ध्रौँ शताब्दीको अन्त्य तथा १६औँ शताब्दीको सुरुतिर पाल्पाका राजा मणिमुकुन्द सेनले यहाँ मन्दिर निर्माण गरी यसै क्षेत्रमा आई बसेको गरेको किंवदन्ती रहिआएको छ ।

मुकुन्दपुर डाँडामा दरबार निर्माण गरी सुरक्षाका लागि गैँडाकोटदेखि माथि डाँडामा सैनिक टुकुडी र मौलाकालिका देवीको स्थापना र शिख्रौलीमा शिव मन्दिर स्थापना गरेको भन्ने किंवदन्ती पाइन्छ ।

यहाँ विशाल ढुङ्गाबाट बनेको शिवलिङ्ग, ढुङ्गा छेडेर राखिएका फलामका छड, देवीदेवताको मूर्ति र विभिन्न आकारप्रकारमा कुँदिएका कलात्मक ढुङ्गा रहेका छन् । ढुङ्गा शङ्ख, चक्र, विभिन्न देवीदेवताको आकारप्रकारमा कुँदिएका छन् । पुरातत्व विभागका अनुसार यहाँ भेटिएका कलात्मक ढुङ्गा सेनकालीन हुन् । विभागले यहाँ एक हजार ५१८ वटा ढुङ्गा उत्खनन् गरेको थियो । टुटुफुटेका पुराना ढुङ्गा हेरी नयाँ ढुङ्गा निर्माणकार्य जारी रहेको छ ।