१० असार २०८३, बुधबार
,
Latest
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन श्रीलङ्कामा डेङ्गु सङ्क्रमण, नियन्त्रणका लागि राष्ट्रव्यापी अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्यास विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु



अ+ अ-

सिन्धुपाल्चोक । खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो ।

स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा आज साँझ ७ बजे ग्यास विस्फोट भएको हो । घरमा आगलागी हुँदा उहाँका छोरा १० वर्षका इशाक, कुमार तामाङका छ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङको साढे दुई वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ । मीनबहादुर पनि घाइते भएको र उहाँको उपचारको लागि अस्पताल लगिएको छ । रासस

तस्वीर- सामाजिक संञ्जलबाट