२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० क्रिकेट: पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै नेपाल



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधिका लागि अहिले नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा भइरहेको छ । नेपालले पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । नेपाल, पपुवा न्युगिनी र मलेसिया सम्मिलित श्रृङ्खलामा नेपाल अपराजित रहँदै फाइनलमा पुगेको हो । नेपालले चारवटै खेलमा जित निकाल्दै आठ अङ्क जोडेको थियो । नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रनले तथा दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो भने तेस्रो खेलमा पपुवा न्युगिनीलाई ३७ रनले तथा चौथो खेलमा मलेसियालाई ८५ रनले पराजित गरेको थियो ।

यस्तै पपुवा न्युगिनी र मलेसिया दुवैले चार खेलमध्ये एकमा जित तथा तीनमा हार ब्येहोरेका थिए । पपुवा न्युगिनी रनरेटमा मलेसियालाई उछिन्दै श्रङ्खलाको फाइनलमा प्रवेश गरेको हो ।

नेपाल पपुवा न्युगिनीलाई पराजित गर्दै एकदिवसीय श्रङ्खलाको बदला लिन चाहन्छ । यसअघि पपुवा न्युगिनीले कीर्तिपुर मैदानमै सम्पन्न दुई खेलको एकदिवसीय श्रङ्खला २–० ले जितेको थियो । नेपालले पहिलो एकदिवसीय खेल ६ रनले तथा दोस्रो एकदिवसीय खेल तीन विकेटले गुमाएको थियो ।

आइतबार ट्रफी सार्वजनिक कार्यक्रममा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले फाइनल खेल दबावविना खेल्ने बताएका थिए । उनको कप्तानीमा नेपाल पहिलो पटक श्रृङ्खलाको फाइनलमा पुगेको हो । चारवटै खेलमा जित निकालेका कारण आफ्नो टोलीको मनोबल उच्च रहेको लामिछानेले बताए ।

यस्तै पपुवा न्युगिनीका कप्तान असद भालाले नेपालविरुद्धको फाइनल खेलमा आफ्नो टोली दबाबमा रहने बताए । एकदिवसीय खेलमा टोली अभ्यस्त रहे पनि टी–२० खेलका लागि भने त्यति धेरै अभ्यास गर्न नपाएको उनको भनाइ थियो । टी–२० मा नेपाल र पपुवा न्युगिनीबीच हालसम्म तीन खेलमा प्रतिस्पर्धा भएको छ । नेपाल दुई तथा पपुवा न्युगिनी एउटा खेलमा विजयी भएको थियो ।रासस