२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान राजनीतिक संकट : अदालतमा विपक्षीको रिटमाथि सुनुवाइ सुरु



अ+ अ-

एजेन्सी

इस्लामाबाद । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खान र उनका सहयोगीहरूसँग संसद् विघटन गर्ने र प्रारम्भिक चुनावको लागि आह्वान गर्ने कानूनी अधिकार छ कि छैन भन्ने विषयमा बहस सुनुवाइ सुरु गरेको छ।

आइतबार खानका सहयोगी तथा संसद्का उपसभामुख कासिम सुरीले अविश्वासको मतलाई बेवास्ता गर्दै राष्ट्रिय सभा भंग गरेका थिए । अविश्वासको प्रस्तावमाथि मतदान भएको भए खानले हार्ने निश्चित जस्तै थियो।

विपक्षीहरुलेले उपसभामुखसँग अविश्वासको मतलाई बहिष्किृत गर्ने संवैधानिक अधिकार नभएको भन्दै सत्तामा रहन खानले यस्तो षड्यन्त्र गरेको दावी गरेका छन् ।

सेनाले सन् १९४७ मा स्वतन्त्रतापछि लामो समयसम्म शासन गरेको २२ करोड जनताको यो देशलाई यस गतिरोधले पूर्ण विकसित संवैधानिक संकटमा फ्याँकिदिएको छ।




भर्खरै