१० असार २०८३, बुधबार
,
Latest
शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

गल्ती स्वीकार्दै ऋषि धमलाले काउन्सिललाई पठाए स्पष्टीकरण



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री चढेको जहाजभित्रबाट प्रत्यक्ष प्रशारण गर्ने नाममा हुल हुज्जत गरेको आरोप खेपेका पत्रकार ऋषि धमलाले अन्ततः प्रेस काउन्सिलमा स्पष्टीकरण दिएका छन् ।

काउन्सिलले मंगलबार २४ घण्टाको म्याद दिएर सोधेको स्पष्टीकरणको जवाफ धमलाले आज प्रतिनिधिमार्फत पठाएका हुन् ।

धमलाले घटनाप्रति आत्मालोचना गर्दै आइन्दा यस्तो गतिविधि नगर्ने उनको प्रतिबद्धता जनाएको काउन्सिल स्रोतले जनाएको छ ।

धमलाले सुरुमा प्राइम टिभीको लेटर हेडमा हस्ताक्षर बिनाको स्पष्टीकरण प्रतिनिधिमार्फत पठाएका थिए । तर, काउन्सिले हस्ताक्षर चाहिने बताएर फिर्ता गरिदिएको थियो । त्यसपछि फेरि हस्ताक्षरसहितको पत्र बुझाइएको हो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले धमलाबाट स्पष्टीकरणको जवाफ आएको बताउँदै अब काउन्सिलको आचारसंहिता अनुगमन समितिको बैठक बसेर स्पष्टीकरणको अध्ययन गरी आवश्यक निर्णय लिइने जानकारी दिए ।