काठमाडौं । सरकारले भोली सार्वजनिक बिदा दिने भएको छ ।
गृहमन्त्रालयले एक सूचना जारी गर्दै फागुन १९ गते (बिहीबार) ग्याल्पो ल्होसारको उपलक्षमा देशभरी बिदा दिने निर्णय भएको जानकारी दियो ।
गृहमन्त्रालयको सिफरिसमा मन्त्रिपरिषद बैठकले बिदा दिने निर्णय गरेको हो ।













