२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी छाडेका बगडिया एमालेबाट रंगेलीमा मेयरको उम्मेदवार



अ+ अ-

विराटनगर । नेकपा एमाले रङ्गेली नगर कमिटीले मेयरमा दीलिप बगडियाको नाम सिफारिस गरेको छ ।

माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका रङ्गेली नगरपालिकाका मेयर बगडियालाई एमालेले मेयरमा सिफारिस गरेको हो । नगर कमिटीले बगडियाको मात्रै नाम सिफारिस गरेका कारण उनले टिकट पाउने निश्चित भएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित बगडिया फागुन २५ गते नेकपा एमाले प्रवेश गरेका थिए ।

नेकपा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले जिल्लामा सबै स्थानीय तहको उम्मेदवारलाई सर्वसम्मत गर्ने तयारी भइरहेको बताए । वैशाख ५ गतेभित्र सबै पालिकामा सर्वसम्मत मेयरको उम्मेदवार छनोट गरिने उनको भनाई छ ।