२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशलाई विस्तारै आधुनिकीकरण गर्दै लानुपर्ने अहिलेको आवश्यक्ता र चुनौति- गृहमन्त्री (भिडियोसहित)



अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाललाई विस्तारै आधुनिकीकरण गर्दै लानुपर्ने अहिलेको आवश्यक्ता र चुनौति भएको बताउनु भएको छ ।

मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै गृहमन्त्री खाँणले यस्तो बताउनु भएको हो । उहाँले नेपालमा अहिले रहेका पुराना बस्तीहरु जोखिममा रहेको र त्यसले सुरक्षामा थुप्रै जटिलताहरु सिर्जना गरेको बताउनु भयो । गृहमन्त्री खाँणले पछिल्लो समय शहरीकरणको मात्रा तीव्र गतिमा बढीहरको भन्दै शहरीकरणका लागि योजनावद्ध योजना तर्जुमा गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले शहरको रुप नलिसकेका बस्तीहरुलाई व्यवस्थित बनाउनु पर्ने बताउनु भयो । गृहमन्त्री खाँणले आधुनिक बस्ती, आधुनिक शहरीकरणको परिकल्पना गर्दा दुर्गम बस्तीहरुलाई पनि समेट्न जरुरी रहेको बताउनु भयो ।

गृहमन्त्री खाँणले भन्नुभयो, ‘नेपाललाई पनि बिस्तारै आधुनिकीकरण गर्दै लानुपर्ने अहिले हाम्रो समय सापेक्ष आवश्यक्ता र चुनौति हो । नेपालको जुन खालको भौगोलिक विशिष्टता छ, हिमाल, पहाड, तराई, मधेश । नेपालको जस्तो खालको प्राकृतिक अवस्थिति छ, यसलाई ध्यानमा राखेर नै हामीले बस्ती विकासका व्यवहारिक योजनाहरु तर्जुमा गर्न जरुरी छ । तर मान्छेको खाना, नाना र छाना, गाँस, वास र कपास अपरिहार्य नै छ । त्यस्तै स्वास्थ्य, शिक्षा र सुरक्षा पनि र सूचना पनि अहिलेको नयाँ युगको महत्वपूर्ण अंग हो ।

अहिले हाम्रो पुरानो बस्तीहरुका कारणले गर्दा सुरक्षामा पनि थुप्रै जटिलताहरु छन् । नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व हो । अहिलेको बस्तीका कारणले पनि सुरक्षामा चुनौतिहरु छन् । पछिल्लो समयमा जसरी शहरीकरण भइरहेको छ, शहरीकरणका लागि पनि योजनावद्ध योजना तर्जुमा नै हामीले अगाडि बढाउनुपर्छ । जहाँ शहरको रुप लिइसकेको छैन, ती बस्तीहरुलाई हामीले योजनाभित्र कसरी समावेश गर्ने भन्ने सोच्नुपर्छ । सवारी साधनको पहुँच नभएका बस्तीहरुलाई दुर्गमको परिभाषा बदलेर अति दुर्गमको श्रेणीमा राख्न जरुरी छ । हामीले आधुनिक बस्ती, आधुनिक शहरीकरणको परिकल्पना गर्दा दुर्गम बस्तीहरुलाई पनि समेट्न जरुरी छ । सरकारले यसतर्फ हेर्न जरुरी छ ।’

गृहमन्त्री खाँणले नेपालमा कतिपय जिल्लाका केही स्थानहरुमा अझै पनि सवारीसाधनको पहुँच नपुगेको उल्लेख गर्दै ती ठाउँलाई अति दुर्गम स्थानको रुपमा घोषणा गरी राज्यले प्राथमिकताका साथ राखेर विकास गर्न आवश्यक रहेको बताउनु भयो ।