९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिम अवस्थासम्म म युक्रेनका लागि लड्ने छु: नेपाली यूवा प्रताप बस्नेत (भिडियोसहित)



अ+ अ-

काठमाडाैं । युक्रेनमा रहेका एक नेपाली युवा प्रताप बस्नेतले युक्रेनको पक्षमा लड्न गइरहेको बताएका छन् । उनले भनेका छन्, “यो भूमि युक्रेनको हो र युक्रेनमाथि हस्तक्षेप गर्ने रुसलाई कुनै अधिकार छैन ।” सामाजिक सञ्जालमा प्राप्त उनको भिडियोमा उनले युक्रेनको पक्षमा लड्ने उनको निर्णय सही निर्णय भएको बताएका छन् ।

उनले रुसले युक्रेनमा हमला गर्दा आफू पूरा रातभर सुत्न नसकेको बताएका छन् । उनले भनेका छन्, “म युक्रेनका लागि केही राम्रो गर्न चाहन्छु किनकी म युक्रेनमा काम गर्छु, मेरो गाँस र बास पनि युक्रेनमै छ त्यसैले युक्रेनले मेरो सहयोग चाहेको अवस्थामा सैन्य बलमा समावेश हुनु मेरो कर्तव्य हो । अन्तिम अवस्थासम्म म युक्रेनका लागि लड्ने छु यसमा मलाई गर्व छ ।”