२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यू इयर इभमा इसेवा मार्फत स्यान टु पे गर्दा शतप्रतिशत क्यासब्याक पाइने



अ+ अ-

काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत चैत ३० गते बुधवार न्यू इयर इभका दिनमा स्यान टु पे मार्फत भुक्तानी गर्दा शत प्रतिशत क्यासब्याक पाइने भएको छ । सोही दिन इसेवाको मोबाईल एप्स्मार्फत फोनपे नेटवर्कमा स्यान टु पे गर्दा सय जनाले अधिकतम रु २०७९ सम्म शतप्रतिशत क्यासब्याक पाइनेछ ।

साथै न्यू इयर इभका दिनमा विभिन्न्न मर्चेन्ट, रेष्टुरेन्ट, क्लव, रिसोर्ट लगायतका हस्पीटालिटीमा भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त हुनेछ । छुट प्राप्त हुने मर्चेन्ट तथा हस्पीटालिटीको सुची इसेवाको ब्लगमा राखिएको छ । साथै इसेवा मार्फत भुक्तानी गर्ने व्यक्ति फोनपेको हेलिकप्टरमार्फत सगरमाथा घुम्न पाइने अफरमा समेत सहभागी हुनेछन् ।

फोनपे नेटवर्कमा न्यू इयर इभका दिनमा भुक्तानी गर्ने दश जना ग्राहक र १० वटा मर्चेन्टले हेलिकप्टर मार्फत विश्वकै अग्लो हिमाल सगरमाथा घुम्न पाउने छन् भने नाम्चे बजार नजिकै रहेको होटल एभरेष्ट भ्यूमा ब्रेक फाष्ट गर्ने अवसर प्राप्त हुनेछ । यो योजनामा २९ गते राति १२ बजेदेखि ३० राति १२ बजेसम्म कारोबार गर्ने सबै व्यक्ति र मर्चेन्ट सहभागी हुनेछन् । विजेता गोला प्रथा मार्फत घोषणा गरिनेछ ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।