२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः पञ्जाब र मुम्बई भिड्दै



अ+ अ-

एजेन्सी । आईपीएल २०२२ अन्तर्गत मुम्बई इन्डियन्सको पाँचौं भिडन्त आज पञ्जाब किंग्ससँग हुँदैछ । यस खेलमा मुम्बईको टोली पहिलो जित हात पार्ने लक्ष्यसहित मैदान उत्रनेछ । यता, पञ्जाब तेस्रो जित हात पार्दै अंक तालिकामा आफ्नो स्थान बलियो बनाउन चाहन्छ ।

यस सिजनको पहिलो खेलमा मुम्बई दिल्लीसँग पराजित भएको थियो । यसपछि राजस्थान, कोलकाता र बैंगलोरसँग पनि टोलीले हार ब्यहोर्यो । पञ्जाबले पहिलो खेलमा बैंगलोरलाई हराएको थियो भने दोस्रो खेलमा कोलकातासँग पराजित भएको थियो ।

तेस्रो खेलमा चेन्नईलाई हराएको थियो भने चौथो खेलमा गुजरातसँग पराजित भएको थियो ।

पुणेमा हुने यस खेलमा मुम्बईका लागि सूर्यकुमार यादव सबैभन्दा महत्वपूर्ण खेलाडी हुनेछन् । उनले पछिल्ला दुई खेलमा लगातार राम्रो इनिङ्स खेल्दै आएपनि आफ्नो टोलीलाई जित दिलाउन भने सकेका छैनन् । अर्कोतर्फ, पञ्जाबको टिम उत्कृष्ट खेलाडीहरुले भरिपूर्ण छ ।

मुम्बई सम्भावित – ११
रोहित शर्मा (कप्तान), इशान किशन (विकेटकीपर), डेवाल्ड ब्रेभिस, सूर्यकुमार यादव, तिलक वर्मा, किरोन पोलार्ड, टिमल मिल्स, मुरुगन अश्विन, जयदेव उनाडकट, जसप्रित बुमराह, बासिल थाम्पी ।

पञ्जाब सम्भावित – ११
मयंक अग्रवाल (कप्तान), शिखर धवन, लियाम लिभिङस्टोन, जोनी बेयरस्टो (विकेटकीपर), जितेश शर्मा, शाहरुख खान, ओडियन स्मिथ, कागिसो रबाडा, राहुल चाहर, वैभव अरोरा, अर्शदीप सिंह ।

खेल समयः ७ः४५ बजे, पुणेको महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम