२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेशनल इन्ष्टिच्युट बाँसबारीद्वारा स्नायु चिकित्सक सम्मानित



अ+ अ-

काठमाडौँ । उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्स बाँसबारीले आफ्नो संस्थाबाट स्नानु विषयमा उच्च शिक्षा अध्ययन तथा तालिम पूरा गरेका चिकित्सकलाई सम्मान गरेको छ ।

यसरी सम्मानित हुने स्नायु चिकित्सकमा सुरज थुलुङ, पकज नेपाल, निलम खड्का, राजेशमान जोशी, अजित श्रेष्ठ, गुणराज पौडेल, विदुर केसी, निकुञ्ज योगी, प्रत्युस श्रेष्ठ, सुमन रिजाल, विवेक वैद्य, श्यामबाबु पटेल, शिखर श्रेष्ठ, सागर कोइराला, सुरेश विश्वकर्मा, विभूषण श्रेष्ठ हुनुहुन्छ । उहाँहरुले सो संस्थामा विभिन्न समयमा एमसीएच अध्ययन तथा एफसिपीएच तालिम लिनुभएको थियो ।

वरिष्ठ स्नायु चिकित्सक प्रा डा दिनेशनाथ गङगोंल र उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सका कार्यकारी अध्यक्ष प्रा डा मधु दीक्षित देवकोटाले संयुक्तरूपमा ती चिकित्सकहरूलाई दोसल्ला ओढाइ सम्मान गर्नुभयो । सन् १९६१ डिसेम्बरमा नेपालमा पहिलोपटक प्रा डा गङ्गोलले वीर अस्पतालमा दुर्घटनामा गम्भीर चोट लागेकी एक बालिकाको स्नायु शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो । ९० वर्षीय उहाँलाई स्नायु शल्यचिकित्सा तथा जनरल सर्जनका पिता मानिन्छ ।

प्रा डा गङ्गोललले नै प्रा डा उपेन्द्र देवकोटालाई स्नायु चिकित्सामा आकर्षित गराई थप अध्ययनका लागि बेलायत पठाउनुभएको थियो । त्यहाँबाट स्नायु विषय उच्च शिक्षा तथा तालिम लिएर फर्किएपछि प्रा डा देवकोटाले वीर अस्पतालमा स्नायु विभाग गठन गरी स्नायु चिकित्सा विज्ञानमा नयाँ अध्याय सुरुआत गर्नुभएको थियो । यसपछि प्रा डा देवकोटाले विसं २०६२ देखि बाँसवारीमा न्यूरो हस्पिटल सञ्चालनमा ल्याउनुभएको थियो ।

उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सको १६औँ वार्षिकोत्सवका अवसरमा आयोजित सो समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रा डा दीक्षितले संस्थाले स्नायु चिकित्सासम्बन्धी उच्च शिक्षा, तालिम तथा सेवालाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याएको बताउनुभयो । उहाँले भन्नुभयो, “मस्तिष्क, मेरुदण्ड र स्नायुसम्बन्धी सेवा अस्पतालले उच्च प्रविधिको प्रयोग गरी प्रदान गरिरहेको छ ।”

सम्मानित चिकित्सकहरू पटेल र थुलुङले प्रा डा देवकोटाबाट दीक्षित हुन पाउँदा गौरन्वान्वित भएको अनुभव सुनाउनुभयो । उहाँहरुले भन्नुभयो, “पछिल्लो समय स्नायु विशेषज्ञ चिकित्सकका अभावमा बिरामीले अकालमा ज्यान गुमाउनुपरेको छैन”, चिकित्सक शिखर श्रेष्ठले स्नायु चिकित्साका क्षेत्रमा प्रा डा देवकोटाले देखाउनुभएको पथमार्गमै आफूहरू हिँडिरहेको बताउनुभयो । सो अवसरमा प्रा डा देवकोटाका सहोदर दाजुद्वय बाचस्पति देवेकोटा र माधव देवकोटाले आफ्नो भाइले बिरामी बचाउन गरेको समर्पण अतुलनीय रहेको चर्चा गर्नुभयो । “२३ घण्टासम्म निरन्तर शल्यक्रिया गरेर उपेन्द्रले बिरामीलाई निको बनाएको थियो”, उहाँहरूले अनुभव सुनाउनुभयो ।

पहिलोपटक न्यूरो इन्टरभेन्सन सेवा

उपेन्द्र देवकोटा मेमोरियल न्यूरो हस्पिटलले विगत एक वर्षदेखि नेपालमा पहिलोपटक ‘बाइ प्लेन क्याथल्याब’ मार्फत ‘न्यूरो इन्टरभेन्सन’ सेवा सञ्चालनमा ल्याइरहेको छ । स्नायु चिकित्सा क्षेत्रमा अति विशिष्टकृत सो उपचार पद्धतिबाट टाउको नखोलिकन मस्तिष्कको रक्तनलीभित्र शल्यक्रिया गरिन्छ ।

न्यूरो इन्टरभेन्सन सेवा प्रदान गर्दै आइरहेका इन्टरभेन्सनल न्यूरो रेडियोलोजिष्ट चिकित्सक सुवास फुँयालका अनुसार इन्डोभास्कुलर वा न्यूरो इन्टरर्भेन्सन भनेको बिनाशल्यक्रिया क्याथेटरको माध्यमबाट बन्द भएको मस्तिष्कको नशा खोल्ने वा फुटेको मस्तिष्कको नशालाई रिपेयर गर्ने पद्धति हो । यस प्रविधिमा हात वा खुट्टाको नशाबाट क्याथेटर पठाएर मस्तिष्कको नशाभित्र जमेको रगत थेग्लो निकालिन्छ । टाउको नखोलिकन नै मस्तिष्कभित्रको गहिराइमा रहेको रक्तनलीभित्र शल्यक्रिया गरिन्छ र बिरामीलाई सञ्चो बनाइन्छ ।

उहाँ अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेज नयाँ दिल्लीबाट न्यूरो इन्टरभेन्सनमा डिएम उपाधि हासिल गर्ने पहिलो नेपाली चिकित्सक हुनुहुन्छ । उहाँले भन्नुभयो, “यस पद्धतिमा शल्यक्रियाका लागि टाउको नखोलिने भएकाले बिरामीलाई छिट्टै घर पठाउन सकिन्छ । उपचारमा जोखिमसमेत धेरै कम हुन्छ । मस्तिष्कको समस्या जस्तै मस्तिष्कघात, एन्युरिजम (रक्तनलीको फोको), घाँटीको नशा सुक्ने, मेरुदण्डको नशासम्बन्धी समस्यामा न्यूरो इन्टरभेन्सन पद्धतिबाट उपचार गर्न सकिन्छ ।”

चिकित्सकका अनुसार उच्च रक्तचापका कारण मस्तिष्कको नशा कमजोर भई ‘ब्रेन ह्यामरेज’ पनि हुनसक्छ । यसो हुँदा विगतमा टाउको खोलेर फुटेको नशा सिलाइन्थ्यो । यसरी टाउको खोलेर शल्यक्रिया गर्दा जटिलताका साथसाथै अस्पतालको बसाइ पनि लम्बिन्थ्यो । तर अहिले एन्युरिज्मका कारण हुने ब्रेन ह्यामरेज भएका व्यक्तिलाई तारको माध्यमबाट खुट्टाको नशा हुँदै च्यातिएको नशा भित्रभित्रै सिलाइन्छ । यसलाई क्वाइलिङ भनिन्छ । यस्ता बिरामीलाई साधारणतया पाँच÷सात दिनभित्र घर पठाउन सकिन्छ । चिकित्सक फुँयालले भन्नुभयो, “तार ९क्याथेटर०को माध्यमबाट शल्यक्रिया गर्दा इन्फेक्सन हुने, लामो समयसम्म सघन उपचारकक्ष (आइसीयू) मा बस्नुपर्नेलगायतका समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।”

अस्पतालका कार्यकारी अध्यक्ष प्रा डा दीक्षितका अनुसार एक वर्षका अवधिमा लगभग ५०० भन्दा धेरै बिरामीले ‘बाइ प्लेन क्याथल्याब’मार्फत ‘न्यूरो इन्टरभेन्सन’ सेवा लिइसकेका छन् । क्याथ ल्याबमार्फत मस्तिष्कभित्रको रक्तनलीसम्बन्धी रोग जस्तै नशा बन्द हुनु, रगतको नशाको फुकुण्डो फुट्नु र रगतको गुच्छा, घाँटीको नशा ९क्यारोटिड० सुक्नु आदिको सफल उपचार भएको छ । यी सेवा प्रदान गर्न प्राविधिकरूपमा अत्यन्त चुनौतीपूर्ण मानिन्छ । उहाँले भन्नुभयो, “जीवनशैली, तथा खानपानमा आएको परिवर्तन, हिँडडुल र शारीरिक व्यायामको कमी, मद्यपान र धुमपानको बानीले गर्दा रगतमा बोसोको मात्रा बढी हुँदा यसले रक्तनलीको रोग निम्त्याउँछ । यसले गर्दा उच्च रक्तचाप, मस्तिष्काघात र मुटुको समस्यामा वृद्धि भएको छ ।”




भर्खरै