९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ दिनमा छ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी



अ+ अ-

एजेन्सी । किभको कब्जाको लागि लडाई एक मोडमा पुगेको छ। ६४ किलोमिटर लामो रुसी सैन्य काफिले किभ बाहिर राखिएका छन्। यसैबीच, दक्षिण पूर्वबाट अर्को सैन्य काफिले बढेको खबर पनि आएको छ । पुटिनले किभ छोड्न नत्र मर्न तयार हुनुपर्ने चेतावनी दिएपछि यो सबै घटनाक्रम घटेको हो । 

रुसले युक्रेनको खर्सान सहरलाई घेरेको छ । खरसान सहरको सिमानामा रुसी सेना तैनाथ गरिएको खरसानका मेयरले जनाएका छन् ।

रुस–युक्रेन युद्धको बीचमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ठूलो दाबी गरेका छन् । उनले युक्रेनी सेनाले ६ दिनमा ६ हजारभन्दा बढी रुसी सैनिक मारेको बताएका छन् ।

खार्किभमा हवाइजहाज अवतरण गरेपछि रुसी सेनाले आफ्नो आक्रमणलाई तीव्र पारेको छ । अस्पतालमा भएको हमलापछि खार्किभबाट अर्को ठूलो विस्फोटको खबर बाहिर आएको छ । यस हमलामा २१ जनाको मृत्यु भएको बताइएको छ भने ११२ जना घाइते भएका छन् ।