९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेसर कुकर बम राख्ने पक्राउ



अ+ अ-

काठमाडौँ । यही फागुन १६ गते नयाँ बानेश्वरस्थित संसद् भवनअगाडिको मूख्य सडकमा शङ्कास्पद वस्तु (प्रेसर कुकर बम) राख्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले उक्त घटनामा प्रयोग गरेको मोटरसाइकलसहित मङ्गलबार काभ्रे भुम्लो–२ सिमथली घर भई हाल काठमाडौँ चावहिल बस्ने २१ वर्षीय सुवास महतलाई काठमाडौँस्थित गौशालाबाट पक्राउ गरेको हो ।

निज महत अनेरास्ववियु क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटी अध्यक्ष रहेको प्रहरीले जनाएको छ । महतमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।