२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले र कांग्रेस पूर्व नेता जोशीबीच तनहुँमा चुनावी तालमेल



नेता गोविन्दराज जोशी
नेता गोविन्दराज जोशी
अ+ अ-

नेपाली काँग्रेससँग असन्तुष्ट रहँदै आउनु भएका काँग्रेसका पूर्व नेता गोविन्दराज जोशीले नेकपा एमालेसँग चुनावी तालमेलका लागि सहमति गर्नु भएको छ ।

खासगरी आफ्ना छोरा दीपकराज जोशीलाई राजनीतिमा अघि बढाउन गोविन्दराज जोशीले जुनसुकै किसिमको गठबन्धनमा जान चाहनु भएको स्थानीयको भनाई छ । आफूलाई काँग्रेसले खासगरी रामचन्द्र पौडेलले जिल्लामा पेलेको र राजनीतिक जीवन नै समाप्त पार्न खोजेको गोविन्दराज जोशीको आरोप छ ।

यही मेसोमा जोशी निवास दमौलीमा शनिबार जोशी र एमालेका स्थानीय नेताहरुबीच चुनावी तालमेल गर्ने विषयमा छलफल भई निर्णय भएको थियो । नेकपा एमाले तनहुँ र जोशी समूहका चार चार जना राखेर आठ सदस्यीय चुनाव परिचालन समिति गठन गरिएको छ ।

गोविन्दराज जोशीका छोरा दीपकराजले तनहुँका पालिकाहरुमा एमालेसँग तालमेल गर्ने सहमति भएको बताएका छन् । एमालेसँग प्रत्येक पालिकाका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुको साझा उम्मेदवार बनाउने सहमति भएको पनि दीपकराजले बताएका छन् ।

दीपकराज जोशीले तनहुँको व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने घोषणा गरेर चुनावी प्रचारमा लागिसकेका छन् । तर व्यास नगरपालिकाको प्रमुखको विषयमा भने निर्णय भइ सकेको छैन ।

गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएपछि कांग्रेसले गोविन्दराज जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निस्कासन गरेको थियो ।

तत्कालीन नेकपाका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)लाई जिताउन भूमिका खेलेको आरोप गोविन्दराज जोशीमाथि लागेको छ ।