२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

तमिल र सिंहलाको एउटै स्वर, २६ वर्षको दरारले श्रीलङ्काको आर्थिक सङ्कट भर्दै



अ+ अ-

कोलम्बो । श्रीलङ्काको बर्बर र रक्तपातपूर्ण द्वन्द्व २६ वर्षपछि २० मे २००९ मा औपचारिकरूपमा समाप्त भयो। तर देशका दुई जातीय समूह सिंहला बुद्ध र तमिलहरू बीचको दरार कहिल्यै भर्न सकेन ।

धेरैसँग अझै पनि जून १९८६ को तीतो सम्झनाहरू छन्, जब श्रीलङ्काको नौसेनाले मान्डैथिवु टापुमा रहेको तमिल जनसङ्ख्यामाथि बर्बर हमला गरेको थियो, जसमा ३३ जना मछुवार मारिएका थिए।

आज मन्डेटिवु टापुको चेकपोस्टमा श्रीलङ्काली सैनिकको सुरक्षामा बोर्ड राखिएको छ, जसमा लेखिएको छ, ‘विविधतामा एकतामा हामी सँगै पुग्छौँ।’

धेरैले यो बोर्डलाई परिवर्तनशील समयको सङ्केत ठान्छन् र श्रीलङ्काको गम्भीर आर्थिक सङ्कटका बीचमा श्रीलङ्का सरकारविरुद्ध जनआन्दोलनले जातीय सद्भावको नयाँ कथा लेखिरहेको छ भन्ने आशा राख्छन्। कोलम्बोको इन्डिपेन्डेन्स स्क्वायर सरकार विरोधी आन्दोलनको केन्द्र बनेको छ।

‘गोटा, तिमीले गलत पुस्तालाई बिगार्यौ’

श्रीलङ्कामा १२ देखि ७० वर्ष उमेर समूहका मानिसहरू सरकारविरुद्ध एकजुट भएका छन्। सिंहाली, तमिल, मुस्लिम जस्ता मानिसहरूबीच अब पर्खाल छैन। मानिसहरूले अङ्ग्रेजी, तमिल र सिंहाली भाषामा ‘गो गोटा गो।।।गो होम गोटा’ लेखिएको पोस्टर बोकेका छन्। प्रदर्शनकारीको प्लेकार्डमा लेखिएको छ, ‘तिमीले गलत पुस्तालाई बिगारेका छौ, हाम्रो देशलाई बर्बाद गर्न बन्द गर । हाम्रो लुटेको पैसा फिर्ता गर।’

कोलम्बोमा लामो लाइन

आन्दोलनकारी १७ वर्षीय मिल्सन भिजेनायकेले राजनीतिले ज्येष्ठ पुस्तालाई दबाए पनि आफूहरुजस्ता युवा एकजुट भएको बताए ।

आफ्नी दुई छोरीसहित आन्दोलनमा सहभागी एम राजेन्द्रनले लामो समयसम्म राजनीतिज्ञले तमिल, सिंहाली र मुस्लिमलाई विभाजित बनाएको बताए ।

अहिले श्रीलङ्कालीहरु एकजुट भएका छन् । कोलम्बोमा मानिसहरु लामो लाइनमा उभिएका देखिन्छन्। श्रीलङ्कामा अहिले ग्यास, मट्टितेल र पेट्रोल, चिजको अभाव भएको छ ।

सिंहाली र तमिल एकअर्काको रक्षक

श्रीलङ्काका पूर्व सेना कमाण्डर आरएम दया रत्ननायकले भने, “चाहे यो सन् १९५८ सिंहला–तमिल दङ्गा होस् वा सन् १९८३ को दङ्गा, दक्षिणमा सिंहालीहरूले तमिलहरूलाई बचाए र उत्तरमा तमिलहरूले सिंहलीहरूलाई बचाए।”

उनले श्रीलङ्काको कुल दुई करोड २० लाख जनसङ्ख्यामध्ये ७६ प्रतिशत सिंहाली, १० प्रतिशत तमिल र ८ प्रतिशत मुस्लिम रहेको बताए । (नवभारत टाइम्सबाट)