२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार तत्काल नियन्त्रण नगरे यसले मुलुकलाई नै सिध्याइदिने सभामुखको चेतावनी



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले भ्रष्टाचार तत्काल नियन्त्रण नगर्ने हो भने यसले मुलुकलाई नै सिध्याइदिने चेतावनी दिनु भएको छ ।

भ्रष्टाचार मुलुकको सबैभन्दा ठूलो गम्भिर समस्या भएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसको विरुद्ध निशाना नसोझ्याउने हो भने मुलुकलाई नै सिध्याईदिने बताउनु भएको हो । उहाँले आफूले जानेर दुई पैसा पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचारविरुद्धको अभियानमा सधैंमा साथमा रहने प्रतिवद्धता व्यक्त गर्नु भयो । आईतबारबाट काठमाडौंमा सुरु भएको ‘भ्रष्टाचार विरुद्ध कार्टुन प्रर्दशनी’को उद्घाटन गर्दै उहाँले भ्रष्टाचार बढदै गएकोतर्फ सचेत गराउँदै त्यसलाई खवरदारी गर्न ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो । सभामुख सापकोटाले भ्रष्टाचारविरुद्धको कार्टुनिष्टहरुको अभियानलाई सातै प्रदेशमा लगेर प्रर्दशन गर्ने काममा आफ्नो साथ रहने पनि बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘मैले जानेर चाँही दुई पैसा पनि नाजायज ढंगले लिने गरेको छैन । र, भ्रष्टाचार चाँही मेरो दृष्टिमा र मलाई लाग्दछ–यहाँ यो स्तरकै विद्धानहरु हुनुहुन्छ । त्यो स्तरकै बुद्धिजीविहरु हुनुहुन्छ ।भ्रष्टाचार भनेको सामान्य एउटा बजेट हिनामिनको कुरा मात्रै होइन । भ्रष्टाचार भनेको चाँही यो राष्ट्रियतासँग जोडिएको कुरा हो । यो बढदै गयो । यस्तै गरी हामीले खबरदारी गरेनौ भने, यसका विरुद्ध निशाना सोझ्याएनौं भने एक दिन यसले हाम्रो प्यारो मातृभूमिलाई खाई दिन्छ । भ्रष्टाचारको विरुद्ध अभियान छेड्ने संकल्प गर्नु भएको छ । सोही अनुसारको कार्यक्रम बनाउनु भएको छ । त्यसलाई सात वटै प्रदेशमा लैजाने भन्नु भएको छ । त्यसमा मेरो पूर्ण रुपमा समर्थन हुन्छ । संघीय संसदको नेतृत्वको हिसावले, प्रतिनिधिसभाको सभामुखको हिसावले तपाईहरुलाई के सहयोग गर्नुपर्छ ? म सधैं हाजिर हु । म ऐक्यवद्धता जनाउन चाहन्छु यो याममा । किनभने अहिलेको दुनियाँकै समस्या पनि हो । र, नेपालको केही ठूलो गम्भिर समस्या छ भने भ्रष्टाचार नै हो । भ्रष्टाचारलाई अहिले निर्मूल त भनि नहालौं । नियन्त्रण गर्न सकिएन भने यसले भित्रभित्रै हाम्रो राष्ट्रलाई सिध्याउँछ भन्ने कुरा फेरी दोहो¥याउन चाहन्छु ।’

काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको सो प्रर्दशनी तीन दिनसम्म चल्नेछ । सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणका लागि क्षेप्याष्त्र हुनेगरी कार्टुनहरु बनाउन पनि काटुर्निष्टहरुलाई आग्रह गर्नु भयो ।




भर्खरै