२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योगमा करिव ३३ अर्ब बराबरको विदेशी लगानीको प्रतिवद्धता स्वीकृत



अ+ अ-

काठमाडौँ । उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म उद्योगमा ३३ अर्ब बराबरको विदेशी लगानीको प्रतिवद्धता स्वीकृत भएको बताउनु भएको छ ।

महानिर्देशक तिवारीले चालु आर्थिक वर्ष २०७८/०७९ को चैत मसान्तसम्म विदेशी लगानीसँग सम्बन्धित १५५ वटा विभिन्न परियोजनाहरु प्रश्ताव भएर विदेशी लगानी स्वीकृत भइसकेको बताउनु भएको हो । उद्योग विभागले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको कुल प्रश्तावित विदेशी तथा स्वदेशी लगानीको उद्योग दर्ता गरेको छ । गत आर्थिक वर्षमा सोही अवधिमा विदेशी तथा स्वदेशी लगानीमा १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको विदेशी तथा स्वदेशी लगानीका उद्योग दर्ता भएको विभागले बताएको छ । उहाँले उद्योग विभागमा दर्ता प्रक्रियालाई नियाल्दा क्रमशः उद्योग दर्ता गर्ने, विदेशी लगानी स्वीकृत गर्ने क्रम बढीरहेको बताउनु भयो ।

महानिर्देशक तिवारीले बिस्तारै उद्योगहरु आफ्नो क्षमतामा सञ्चालन हुने र नियमित उत्पादनतर्फ अग्रसर भइरहेको दाबीसमेत गर्नुभयो । उहाँले स्वदेशी लगानीका उद्योगहरु चालु आर्थिक वर्षमा अहिलेसम्म २१६ वटा उद्योग विभागमा दर्ता भएको बताउनु भयो । महानिर्देशक तिवारीले उद्योगहरुले उत्पादन क्षमता बढाउने, पूँजी वृद्धि गर्ने, स्थानान्तरण गर्ने लगायतका उद्योग प्रशासनसँग सम्बन्धित कामहरु पनि उद्योग विभागमा वृद्धि भइरहेको बताउनु भयो ।

महानिर्देशक तिवारीले भन्नुभयो, ‘कोरोना भाइरसको असर सबै क्षेत्रमा परेको छ । उद्योगधन्दा, लगानी क्षेत्रलाई पनि यसले ठूलो नोक्शान पुर्‍याएको छ । बिस्तारै अब हामी यसबाट बाहिर निस्किँदै छौँ । उद्योग विभागको हिसावले हेर्दा अहिले उद्योग दर्ता गर्ने, विदेशी लगानी स्वीकृत गर्ने क्रम बिस्तारै बढ्दो छ । कोभिडको बेलामा उद्योगधन्दाहरु पूर्ण क्षमतामा चल्न नसकेका, धेरै उद्योगहरु बन्द भएका नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय योजना आयोगले पनि अध्ययन गरेर त्यसको प्रतिवेदन पनि सार्वजनिक भइसकेका छन् । अहिले त्यसको अप्रेशनमा आइसक्दा पूर्ण क्षमतामा कति चले ? रोजगारी फेरि कति बढे ? भन्ने हिसावले पूरा अध्ययन त अहिले भएको छैन । तर अब बिस्तारै उद्योगहरु आफ्नो क्षमतामा सञ्चालन हुने र नियमित उत्पादनतर्फ अग्रसर भएको देखिन्छ । किनभने हामीसँग आएको रिपोर्ट, प्रतिवेदने पनि त्यो देखाउँछ । विदेशी लगानी पनि कोभिडको सन्दर्भमा यो वर्ष हामीले हालसम्म करिव ३३ अर्ब बराबरको विदेशी लगानीको प्रतिवद्धता र त्योसँग सम्बन्धित भएर १५५ वटा विभिन्न परियोजनाहरुमा प्रश्ताव भएर विदेशी लगानी स्वीकृत भइसकेको अवस्था छ । अन्य स्वदेशी लगानीका विभिन्न उद्योगहरु पनि यो आर्थिक वर्षमा अहिलेसम्म २१६ वटा उद्योगहरु हामीले दर्ता गरिसकेका छौँ । विभिन्न अरु उद्योगहरुले उत्पादन क्षमता बढाउने, पूँजी वृद्धि गर्ने, स्थानान्तरण गर्ने लगायतका उद्योग प्रशासनसँग सम्बन्धित कामहरु अहिले भइरहेका छन् । कोभिडपछि बिस्तारै हामी अघि बढीरहेका छौँ ।’

महानिर्देशक तिवारीले हालसम्म उद्योग विभागमा दर्ता भएका उद्योगहरुमध्ये ५९ प्रतिशत इनर्जी बेशमा रहेको र लगभग २२ प्रतिशत उद्योग म्यानुफ्याक्चरिङ क्षेत्रमा रहेको बताउनु भयो । उहाँले विदेशी लगानीका उद्योगहरुमा पनि एक तिहाई उद्योगहरु सर्भिस सेक्टरमा र म्यानुफ्याक्चरिङ क्षेत्रमा करिव २३ प्रतिशतमात्र रहेको बताउनु भयो । महानिर्देशक तिवारीले उत्पादनमुलक उद्योगहरुको हिस्सा अपेक्षाकृत रुपमा उद्योगको संरचनाभित्र बढाउन नसकेको पनि बताउनु भयो ।

महानिर्देशक तिवारीले भन्नुभयो, ‘उद्योग विभागमा दर्ता भएका उद्योगहरु मध्ये ५९ प्रतिशत इनर्जी बेशमा छन् । सर्भिस सेक्टर पनि हाम्रोमा ठूलो छ । हाम्रो उद्योगहरुमा २०/२२ प्रतिशत उद्योग म्यानुफ्याक्चर सेक्टरमा छन् । विदेशी लगानीको प्रस्पेक्टिभबाट हेर्ने हो भने विदेशी लगानीको सबैभन्दा ठूलो एक तिहाई उद्योगहरु सर्भिस सेक्टरमा नै छन् । म्यानुफ्याक्चरिङ क्षेत्रमा हेर्ने हो भने विदेशी लगानीका उद्योगहरु पनि करिव २३ प्रतिशत छन् । उत्पादनमुलक उद्योगहरुको हिस्सा अपेक्षाकृत रुपमा हाम्रो उद्योगको संरचनाभित्र बढाउन सकेका छैनौँ ।’

महानिर्देशक तिवारीले उद्योग संरचनालाई बलियो बनाउन बनाइएको एकलबिन्दु सेवाकेन्द्रबाट अपेक्षाकृतरुपमा सेवा प्रवाह गर्न नसकेको बताउनु भयो । उहाँले उद्योग प्रशासनसँग सम्बन्धित सबै कामहरु, सबै सेवा सुविधाहरु एकै थलोबाट उपलब्ध गराउने लक्ष्यका साथ शुरु गरिएको एकलबिन्दु सेवाकेन्द्रमा सरकारका निकायहरु सबैको प्रतिनिधित्व हुने गरी बनाए पनि सबै एजेन्सीका प्रतिनिधित्व हुन नसक्नु र प्रतिनिधित्व भएकालाई पूर्ण रुपमा अधिकार प्रदान गर्ने, छुट्टै कानून बनाउने वा पर्याप्त अधिकार दिने कुरामा अझै पनि कमी भएको बताउनु भयो ।




भर्खरै