२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जङ्गली हात्तीबाट जोगाउन साइरन जडान



अ+ अ-

कञ्चनपुर । जङ्गली हात्तीको बथानबाट गाउँलाई जोगाउन शुक्लाफाँटा नगरपालिका–८ का तीन स्थानमा विद्युतीय साइरन जडान गरिएको छ । चुरे क्षेत्र नजिकैको बस्तीमा जङ्गली हात्ती छिरेर नोक्सान पुर्‍याउन थालेपछि साइरन जडान गरिएको हो ।

“बस्ती नजिकै हात्ती देख्ने बित्तिकै जडान गरिएको साइरनको स्विच थिचेर ठूलो आवाज निकालिन्छ,” बैजनाथ सामुदायिक संस्थाका अध्यक्ष बहादुर सिंह महराले भन्नुभयो, “आवाज सुनेपछि स्थानीय बासिन्दा सतर्क रहेर बालीनालीसँगै जीउज्यान जोगाउन सजक हुन्छन् ।”

साइरन बजाउनका लागि एक कर्मचारीको समेत व्यवस्था गरिएको छ । साइरनको आवाज तीन किलोमिटरसम्म सुन्न सकिन्छ । “साइरन बजेपछि हात्ती धपाउन सजिलो हुन्छ नै । हात्तीले खेतबारीमा लगाइएको अन्नबालीमा नोक्सान गर्न पाउँदैन । हात्ती बस्ती छिर्नु अगावै सतर्क हुने हुँदा मानवीय क्षति हुन पाउँदैन ।

“साइरनको आवाजले हात्तीसमेत तर्सेर भाग्छ,” अध्यक्ष महराले भन्नुभयो, “हात्तीको बथानले घर लगायतको भौतिक पूर्वाधारमा समेत क्षति पुर्‍याउन पाउँदैन ।” सामुदायिक वन समन्वय समिति (सिएफसिस) वाणी र तराई भूपरिधि कार्यक्रम (ताल)को सहयोगमा जङ्गली हात्ती नियन्त्रण पूर्वसूचना प्रणालीअन्तर्गत साइरन जडान गरिएको हो ।

साइरन नगरपालिकाको बेलडाँडी, मणिकाधाम टोल, पारिफाँटालगायत तीन ठाउँमा जडान गरिएको छ ।भारतको दुधुवा नेशनलपार्क हुँदै चुरे क्षेत्रसम्म आइपुग्ने जङ्गली हात्तीको बथानले स्थानीय किसानको खेतमा लगाइएको अन्नबाली खानाका साथै प्रतिवर्ष मानवीय र भौतिक क्षति पुर्‍याउँदै आएको छ । साइरन जडानले जङ्गली हात्तीका कारण हुने क्षति न्यूनीकरणमा टेवा पुग्ने बताइएको छ । रासस




भर्खरै