२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनले गरेको भागबन्डा आफुहरुले मान्ने : मेयर चिरिबाबु महर्जन



फाईल फोटो
अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गठबन्धनले गरेको भागबन्डा आफुहरुले मान्ने बताउनुभएको छ ।

मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मेयर महर्जनले गठबन्धनले महानगरपालिकामा गर्ने भागबन्डा आफुहरुले मान्ने बताउनुभएको हो । उहाँले ललितपुर महानगरपालिका भने नेपाली कांग्रेसले पहिले पनि निर्वाचन जितेको हुनाले यस पटकको निर्वाचनमा अरुलाई नछोड्ने बताउनुभयो । ललितपुर महानगरपालिकाको मेयर र उपमेर आफुहरुले राख्ने उहाँले बताउनुभयो । त्यसैगरी यसअघि नेपाली कांग्रेसले जितेको १० वटा वडाहरु पनि आफुहरुलाई राख्ने र बाँकी रहेको १९ वटा वडामा पनि आफुहरुले ५० प्रतिशत लिएर भागबन्डा गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘गठबन्धन गर्दै गर्दा केन्द्रको निर्णय मान्नुपर्छ र हामी मान्छौँ । ललितपुर हामी छोड्दैनौँ । हामीले त जितेको ठाउँ हो नि त । छोड्ने भन्ने त प्रश्नै आउँदैन । मेयर उपमेयर हामी राख्छौँ । २९ वडामा १९ वडा भागबन्डा गर्छौ । १० वडा हामी नै राख्छौँ । भागबन्डा गर्दाखेरी हामी घटीमा पनि ५० प्रतिशत लिन्छौँ । मैले पाउँछु फरकै पर्दैन । जितेको मेयर मै हुँ । जित्नेपनि मै हुँ । गठबन्धनमा जे निर्णय हुन्छ हामी अक्षरश पालना गर्छौ ।’

उहाँले ललितपुर महानगरपालिकामा मेयरको उम्मेदवार आफु भएको पनि बताउनुभयो । आफुले नै मेयरको टिकट पाउने उहाँले दाबी गर्नुभयो ।